कमरेड हुनु
मशान होइन
मशाल हुनु हो ।
कमरेड हुनु
खरानी होइन
आगो हुनु हो ।
कमरेड हुनु
अँध्यारो चिरेर
उज्यालो हुनु हो ।
कमरेड हुनु
मान्छे भित्रको
ज्वालामुखी फुट्नु हो ।
कमरेड हुनु
इन्क्लाब हुनु हो ।
कमरेड होइन
कण हुनु चाहिँ
गद्दार र देशद्रोही हुनु हो ।
एक हातले हँसिया हथौडा
अर्को हातले साम्राज्यवाद बोक्नु
कामरेड होइन
गद्दार हुनु हो ।
एक हातले देश
अर्को हातले लेन्डुप बोक्नु
कमरेड होइन
देशद्रोही हुनु हो ।
गद्दार र लेन्डुपले
देश हाँक्नु
देश बिस्तारै–बिस्तारै
खरानी हुनु हो ।
गद्दार र लेन्डुप बोक्नु
जनता होइन
कृतदास हुनु हो ।
इतिहास सधैं
गद्दार र कृतदासहरुको
एक चिहान बनाएर
अघि बढ्छ ।