क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्यूरोद्वारा बिहीबार काठमाडौंका आठ स्थानमा जनभेटघाट र पर्चा विचरण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्यूरोद्वारा बिहीबार काठमाडौंका आठ स्थानमा जनभेटघाट र पर्चा विचरण

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले २१ चैत्र (बिहीबार) काठमाडैंका विभिन्न ८ स्थानमा जनभेटघाट तथा पर्चा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

९ नम्बर व्युरो ईन्चार्ज दिनेश शर्मा सागरको नेतृत्वको अभियान टोलीले काठमाडौंको चिकँमुग, यंगाल, ओमबाहल, झोछेँ, धर्मपथ, खिचापोखरी, टेवहाल , न्युरोड लगायतका ठाउँहरुमा जनसम्बन्ध विस्तार अभियान अन्तर्गत जनभेघाट तथा पर्चा वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

सम्बद्ध स्रोतका अनुसार जनभेटघाट तथा पर्चा वितरणको क्रममा जनताबाट महत्वपूर्ण सुझाब प्राप्त भएका छन् । अभियानमा स्थानीय नेता कार्यकर्ता, समर्थक, शुभचिन्तक जनताको पनि सक्रिय सहभागिता बढ्दै गएको छ ।