क्रान्तिकारी कम्युनिस्ट पार्टीको जनसम्बन्ध विस्तार अभियानबाट ओली सरकार आतंकित, मशाल जुलुसमा हस्तक्षेप, दुई नेता गिरफ्तार

क्रान्तिकारी कम्युनिस्ट पार्टीको जनसम्बन्ध विस्तार अभियानबाट ओली सरकार आतंकित, मशाल जुलुसमा हस्तक्षेप, दुई नेता गिरफ्तार

शान्तिपूर्ण कार्यक्रममाथि गरिएको प्रहरी हस्तक्षेपको घोर भत्र्सना, गिरफ्तार नेताहरुको विनासर्त एवम् अविलम्ब रिहाइको माग

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय समिति सदस्य तथा दोलखा जिल्ला सेक्रेटरी गोविन्द काफ्ले र विद्यार्थी नेता नितम खडकालाई प्रहरीले गिरफ्तार गरेको छ । पार्टीको १० नं. ब्यूरोले जारी जनसम्बन्ध विस्तार अभियान अन्गर्तत आज (बिहीबार) साँझ रामेछापको मन्थलीमा मशाल जुलुस कार्यक्रम आयोजना गरेको थियो । मन्थलीको देवकोटा चोकमा उक्त कार्यक्रम समापन गर्न लाग्दा प्रहरीले हस्तक्षेप गरी नेताहरुलाई गिरफ्तार गरेको पार्टीका कार्यवाहक महासचिव गौरवले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा यो गिरफ्तारी पार्टीको जनसम्बन्ध विस्तार अभियानबाट ओली नेतृत्वको गठबन्धन सरकार आतङ्कित बनेको छ भन्ने कुराको प्रमाण भएको भन्दै शान्तिपूर्ण कार्यक्रममाथि गरिएको प्रहरी हस्तक्षेपको घोर भत्र्सना गरिएको छ । र, गिरफ्तार नेताहरुको विनासर्त एवम् अविलम्ब रिहाइको माग गरिएको छ ।

१० नं ब्यूरोले पनि वक्तव्य निकालेर प्रहरी हस्तक्षेपको घोर विरोध गर्दै गिरफ्तार नेताहरुलाई तत्काल रिहाइ गर्न जोडदार माग गरिएको छ ।