र्चत्र २२ काठमाडौं । केही दिनदेखि नेपालका शिक्षकहरु सडक आन्दोलनमा छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले शिक्षकका जायज मागहरुको समर्थन जनाउँदै प्रेस–वक्तव्य जारी गरेको छ । कार्यवाहक महासचिव गौरवले जारी गरेको वक्तव्यमा भनिएको छ—“नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको आह्वानमा गत केही दिनदेखि देशभरिका शिक्षकहरु आन्दोलनमा छन् । नेपाल सरकारसँग पटकपटक भएका सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी गरी तत्काल त्यसको कार्यान्वयन होस् भन्ने महासङ्घको माग रहेको छ । सर्वप्रथम, हाम्रो पार्टी शिक्षकका जायज मागहरुको समर्थन गर्दै आन्दोलन प्रति ऐक्यबद्धता जाहेर गर्दछ ।”
जारी प्रेस–वक्तव्यमा भनिएको छ—“नेपालको शिक्षा नीति जनविरोधी रहेको छ । निजीकरणको नाममा शिक्षण संस्थाहरु मुठीभर दलालका कम्पनीमा दर्ज भएका छन् । नेपाली युवा विद्यार्थीहरु राष्ट्रिय आवश्यकता अनुसारको शिक्षाबाट बञ्चित हुनुपरेको छ । हाम्रो पार्टी शिक्षा क्षेत्रको निजीकरण खारेजी गरी शिक्षालाई निःशुल्क तथा अनिवार्य गर्न र देशको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्ने शिक्षा नीति अवलम्बन गर्न नेपाल सरकारसँग विशेष माग गर्दछ ।”
गौरवव्दारा हस्ताक्षेरित जारी प्रेस–वक्तव्यको पूण पाठ यस्तो छ ः































