४ नं. कमान्ड अन्तरगत सल्यान र दाङमा कोणसभा, जनभेटघाट, पर्चा वितरण र भित्तेलेखन कार्यहरु सम्पन्न

४ नं. कमान्ड अन्तरगत सल्यान र दाङमा कोणसभा, जनभेटघाट, पर्चा वितरण र भित्तेलेखन कार्यहरु सम्पन्न

नविन खडका

 

चैत्र २२ सल्यान÷ दांग । सल्यानको कालिमाटी गाउँपालिका वडा नं ३को पुतलीबजारमा कोणसभा सम्पन्न गरिएको छ । उक्त कोणसभाको संचालन पाटी केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज दिनेश थापाले गर्नु भएको थियो भने सम्बोधन पार्टी केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालय सदस्य नवीन खड्काले गर्नु भएको थियो । साथै सल्यानकै पुतलीबजारमा व्यापक पर्चा बितरण र ३ वडा नारासहीतको भित्तेलेखन पनि गरिएको थियो ।


उक्त टोलीलाई दाङ पार्टीले हापुरेमा स्वागत गर्नुको साथै दाङको बबई गाउँपालिकाको हापुरेमा कोणसभा कार्यक्रम सम्पन्न गरिएको छ । सो कोणसभालाई दाङ जिल्ला इन्चार्ज हुकुम खड्काले सम्बोधन गर्नु भएको थियो भने संचालन दाङ जिल्ला सचीव इश्वरी गैरेले गर्नु भएको थियो ।
उक्त कोणसभालाई टोली इन्चार्ज तथा पार्टी स्थायी समिती सदस्य हेमन्त प्रकाश ओलिले पनि प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नु भएको थियो । त्यसैगरी दांगकै शान्तिनगर गाउँपालिकाको रयाजामा कोणसभा सम्पन्न गरियो । पार्टी केन्द्रीय पोलिट्ब्युरो सदस्य धनेस्वर पोख्रेलले सम्बोधन गर्नु भएको उक्त कोणसभाको संचालन कैलाली जिल्ला इन्चार्ज दिनेश थापाले गर्नु भएको जानकारी नविन खडकाले दिनु भएको छ ।
उक्त टोलीले अर्को कोणसभा दांगको दङगिशरण गाउँपालिकाको हयाकुली बजारमा सम्पन्न गरयो । कोणसभालाई पार्टी केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालय सदस्य नवीन खड्काले गर्नु भएको थियो भने संचालन पार्टी केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज दिनेश थापाले गर्नु भएको थियो । त्यहाँ व्यापक पर्चा बितरण गर्ने कार्यका साथै विभिन्न ठाउँहरुमा करीव ९ वटा भित्ते लेख्न काम पनि सम्पन्न गरिएको थियो ।