पार्टी स्थाई समिति सदस्य रामसिह श्रीसको कमान्ड अन्तरगत सिराहा र धनुषामा कोणसभा,जनभेटघाट,पर्चा वितरण र भित्तेलेखन कार्यहरु सम्पन्न

पार्टी स्थाई समिति सदस्य रामसिह श्रीसको कमान्ड अन्तरगत सिराहा र धनुषामा कोणसभा,जनभेटघाट,पर्चा वितरण र भित्तेलेखन कार्यहरु सम्पन्न

चैत्र २२ सिराहा÷ विहान सिराहा गोलबजारमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरियो । र दिउसो धनुषा जिल्ला कमिटिले पार्ताहामा स्वागत गरयो । धनुषाकै जुरी बजारमा भित्ते लेखन पनि गरियो ा


धनुषाको बरमझियामा भित्तेलेखनका साथै सहीद रामबृक्षयादवको शालीकमा माल्याअर्पण गरियो । स्थानीयहरुसँग भेटघाट र कुराकानी भयोे । रघुनाथपुर चोकमा भित्तेलेखन र पर्चा वितरण गरियो ।


सोही दिन सबैलाबजारमा भित्तेलेखन र पर्चा वितरण गर्नुका साथै कोणसभा सम्पन्न गरियो, जसको संचालन रामनारायण सिहंले गर्नु भएको थियो भने उत्त कोणसभालाई टोली प्रमुख तथा पार्टी स्थाई समिति सदस्य रामसिह श्रीसले सम्वोधन गर्नु भएको थियो ।

यदुकुवाचोकमा भित्तेलेखन र पर्चा वितरण गर्नुका साथै कोणसभा सम्पन्न गरियो । उक्त कोणसभालाई पार्टी पिविएम तथा मजदुर युनियन संयोजक इवर तिमिल्सीनाले सम्वोधन गर्नु भएको थियो र संचालन धनुषा जिल्ला समिति सचिव नन्दकुमार झाले गर्नु भ्एको थियो उक्त ठाउँमा पर्चा वितरण पनि भयो ।


धनुषाकै तिनकौरीया बजारमा पर्चा वितरण गर्नुका साथै कोणसभा सम्पन्न गरियो । कोणसभाको संचालन धनुषा जिल्ला समिति सचिव नन्दकुमार झाले गर्नु भ्एको थियो भने सम्बोधन रामनारायण सिहंले गर्नु भएको थियो ।