काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जारी जनसम्बन्ध विस्तार अभियान अन्तर्गत पार्टीको ९ नं. ब्यूरोले काठमाडौंको विभिन्न स्थानमा शुक्रबार पनि अभिायन सञ्चालन गरेको छ ।
प्राप्त जानकारी अनुसार १० नं ब्यूरो इन्चार्ज दिनेश शर्मा सागरको नेतृत्वमा रहेको अभियान टोलीले बबरमहल, बुद्धनगर, शंखमूल, थापाथली, त्रिपुरेश्वर, बंशीघाट लगायतका क्षेत्रमा अभियान सञ्चालन गरेको हो ।
अभियानको क्रममा पर्चा वितरण, जनभेटघाटलगायतका कार्यक्रम सम्पन्न गरियो । अभियानको क्रममा जनताबाट अमूल्य सुझाबहरु प्राप्त भइरहेको नेता सागरले जानकारी दिनुभएको छ ।