विभिन्न ठाउँमा कोणसभा, भित्तेलेखन पर्चा वितरण र व्यापक प्रचारप्रसार गर्दै १ नं. टोलीे धनकुटा र भोजपुरमा कार्यक्रम दिंदै

विभिन्न ठाउँमा कोणसभा, भित्तेलेखन पर्चा वितरण र व्यापक प्रचारप्रसार गर्दै १ नं. टोलीे धनकुटा र भोजपुरमा कार्यक्रम दिंदै

२०८१ चैत १४ गते पाहुनालक्ष्मी नगरपालिका अन्तर्गत रहेको लेगुवा बजारमा नारा जुलुस सहित कोणसभा सम्पन्न भयो ।


उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका १५ नं ब्युरो .सचिव डिल्लीराम बोहराले सम्वोधन गर्नु भएको थियो भने सञ्चालन टेकबहादुर विश्वकर्मा संयोजक, एकीकृत दलित मुक्तिमोर्चा नेपालले गर्नु भएको थियो ।


धनकुटा जिल्लामा छ वटा कोणसभा सम्पन्न गरेर एक नम्बर अभियान टोली भोजपुर जिल्लामा प्रवेश गरेको छ । उसले विभिन्न ठाउँमा कोणसभा, भित्तेलेखन पर्चा वितरण र व्यापक प्रचारप्रसार गरेको छ ।
भोजपुर जिल्लाको अरुण गाउँपालिका ३ प्याउली बजारमा कोणसभा सम्पन्न गरियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भोजपुर जिल्ला कमिटीका कार्यवाहक सचिव राजकुमार राईको सञ्चालनमा रहेकोे उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट ब्युरो सदस्य सुरेन्द्र भण्डारीले सम्बोधन गर्नुभएको थियो । त्यसैगरी अर्को कोणसभाको कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय समिति सदस्य तथा ब्यूरो नम्बर १५ का सचिवले सम्बोधन गर्नुभएको थियो ।


यसैगरी आज धनकुटा जिल्लामा एक र भोजपुर जिल्लामा दुई गरी जम्मा तीनवटा कोण सभा कार्यक्रम सम्पन्न भएका छन् भने व्यापक चर्चा वितरण, नारा जुलुस र भित्तेलेखन भएका छन् । टोली आज भोजपुर जिल्लाको पौवा ढुङ्गा गाउँपालिका वडा नं २ स्थित तिवारी भन्ज्याङ स्थित जनताको घरदैलोमा बास बस्दै भोलि बिहान भोजपुर बजारमा कार्यक्रम आयोजना गर्ने योजना रहेको उक्त पार्टीका कार्यवाहक सचिवले जानकारी दिनु भएको छ ।