१ नंं अभियान टोलीद्वारा तीनवटा कोणसभा सम्पन्न, भोलि भोजपुर बजारमा कार्यक्रम गर्ने

१ नंं अभियान टोलीद्वारा तीनवटा कोणसभा सम्पन्न, भोलि भोजपुर बजारमा कार्यक्रम गर्ने

भोजपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको १ नं. केन्द्रीय अभियान टोलीले आज धनकुटामा एउटा र भोजपुरमा दुईवटा कोणसभा सम्पन्न गरेको छ । प्राप्त जानकारी अनुसार धनकुटाको लेगुवा बजारमा सम्पन्न भएको कोणसभालाई पार्टीका १५ नं ब्यूरोका सचिव डिल्लीराम बोहराले सम्बोधन गर्नुभएको थियो भने कोणसभाको सञ्चालन एकीकृत दलित मुक्ति मोर्चाका केन्द्रीय संयोजक टेकबहादुर विकले गर्नुभएको थियो ।

 

त्यसैगरी भोजपुर जिल्लाको अरुण गाउँपालिका ३ प्याउली बजारमा भएको कोणसभालाई पार्टीका पीबीएम सुरेन्द्र भण्डारीले सम्बोधन गर्नुभएको थियो । यहाँको कोणसभाको सञ्चालन पार्टीका भोजपुर जिल्ला कमिटीका कार्यवाहक सचिव राजकुमार राईले गर्नुभएको थियो ।

त्यस्तै भोजपुरकै तिवारी भञ्ज्याङमा सम्पन्न भएको कोणसभालाई पार्टीका १५ नंं व्यूरोका सचिव डिल्लाराम बोहराले सम्बोधन गर्नुभएको थियो ।

अभियान टोली आज भोजपुर जिल्लाको पौवा ढुङ्गा गाउँपालिका वडा नं २ स्थित तिवारी भन्ज्याङ स्थित जनताको घरमा बास बस्ने पार्टीका जिल्ला कार्यवाहक सचिवले जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार अभिायन टोलीले भोली बिहान भोजपुर बजारमा कार्यक्रम गर्नेछ ।

अभियानको क्रममा व्यापक रुपमा अभियानका पर्चा वितरण गरिएको छ भने ठाउँ ठाउँमा वाल पेन्टिङ गरिएको छ ।