अर्घाखाँची । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीले जनसम्बन्ध विस्तार अभियान निरन्तर रुपमा चलाई रहेको छ । चैत्र ४गते उद्घाटन गरी पत्रकार सम्मेलन मार्फत बैशाख १८ गतेसम्म जिल्लाका ६ वटै पालिकामा गर्ने कार्यक्रम घोषणा गरेको थियोे ।
जनसम्बन्ध विस्तार अभियान अन्तर्गत चैत्र १४ गते सन्धिखर्क नगरपालिका वाड न ४, वाङलाको हुलाक वाड न ५ को तल्ला हुलाक र बलेवाङ्गमा पर्चा वितरण ,क्रान्तिकारी सयुक्तमोर्चा नेपालको सदस्यता वितरण गर्दै कोणसभाहरु सम्पन्न गरेको छ ।

सभालाई क्रान्तिकारी कम्युनिस्ट नेपालका वैकल्पिक पि वि एम नरेन्द्र थापाले सम्वोधन गर्दै दलाल संसदिय व्यवस्थाको विकल्प मरीसकेको राजतन्त्र होइन,जनवादी गणतन्त्र भएको बताउनु भयो । नयाँ जनवादी क्रान्तिबाट प्राप्त जनवादी गणतन्त्र स्थापना पछि मात्र आमजनताका समस्या समाधान हुने र वर्तमान संसदीय दलहरुबाट समाधान नहुने हुँदा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निर्माण गर्नु परेको बताउनुभयो ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी राजेन्द्र नेपालीले सम्वोधन गर्दै सबैलाइ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको झन्डामुनि गोलवन्द हुन आव्हान गर्नु भएको थियो र केन्द्रीय सल्लाहकार बुद्दि गैरेले पनि सम्बोधन गर्नुभएको थियो ।






























