चैत्र १४ गते
विहान को अभियान टोली डल्ला गाँउबाट हिडेपछि ठाकुरद्वारा बजार , वकुवा वजारमा प्रचार वितरण गर्नुका साथै आम्वासा भवानी फाँटमा रहेको भूमिहीन वस्तीमा अभियान टोली पुगेको थियो । उक्त स्थानमा एक सय ९४ घर कुरिया भुमिहिन वसेको डिल्ली चौधरीले वताउनुभयो । उक्त स्थानमा अभियान टोलीले प्रत्येक घरमा भेटघाट र पर्चा वितरण गरेको थियो ।
ठाकुरबाबा नपा–१ भुरिगाँउमा कोणसभा सम्पन्न भएको छ । कोणसभालाई अभियान टोली प्रमुख तथा स्थाई समिति सदस्य कमरेड कृष्ण पौडेलले सम्बोधन गर्नु भयो । नेकपा नेता विप्लवको संवैधानिक राजतन्त्र र गणतन्त्रबारे जनमत संग्रह गर्ने विचारलाई अपरिपक्व विचार हो भन्नु भयो र नेपालको संविधानले संवैधानिक राजतन्त्रलाई न चिन्ने कुरा राख्नु भयो । सञ्चालन अभियान टोली सदस्य दिलबहादुर कठायतले गर्नु भएको थियो ।
ठाकुरबाबा नपा–३ बगनाहा ( वरपिपल चौतारी)मा कोणसभा सम्पन्न भएको छ । कोणसभालाई अभियान टोली सदस्य तथा पिबिएम कमरेड शेरबहादुर देउवाले सम्वोधन गर्नु भएको थियो भने सञ्चालन अभियान टोली सदस्य कमरेड नारायण योगीले गर्नु भएको थियो ।
ढोढरी–३– माचड चोकमा पर्चा वितरण गरियो । मधुवन नगरपालिका –८ को कुसुबा बजारमा कोणसभा भयो । अभियान टोली सदस्य तथा विद्यार्थी नेता दिपक बिष्टले सम्बोधन गर्नु भएको थियो । वजार क्षेत्रमा वाल पेन्टिङ गर्नुका साथै व्यापक प्रचार वितरण पनि गरिएको थियो। ।
अभियान टोली गुलरिया नगरपालि–१ १४ नम्बर टोलमा किसानहरुको विचमा विकेन्द्रित भएर बसेको छ ।