गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेज गरी राजतन्त्र, एकल केन्द्रीकृत हिन्दू राज्य निर्माण गर्ने उद्देश्यसहित पूर्व राजा ज्ञानेन्द्रले फागुण ७ गते दिएको प्रतिगामी वक्तव्यको विरोध गर्दै देशलाई संघीय जनगणतन्त्र, पहिचानसहित संघीयता, स्वायत्त प्रदेश तथा क्षेत्र,आत्मनिर्णयको सिद्धान्ततः स्वीकृति, पूर्ण समानुपातिक तथा समावेशी र विशेषाधिकारमा लगेर अहिलेसम्म हुँदै गरेका विसंगति र विकृतिको अन्त्य गरी देश र जनताका लागि राष्ट्रियता, जनतन्त्र र जनजीविका मजबुत बनाउनु पर्दछ । देश र जनताका लागि यस दिशामा जानुको अर्को विकल्प छैन । हाम्रो महासंघ यसमा दृढ रही यसका लागि सबैमा अपिल पनि गर्दछ भनिएको छ । वक्तव्यको पूर्ण पाठ निम्न छ ः