सामन्ती पुनरुत्थान र यथास्थितिका बिरुद्ध संघर्षरत रहन लोकनारायण सुबेदीको अपिल

सामन्ती पुनरुत्थान र यथास्थितिका बिरुद्ध संघर्षरत रहन लोकनारायण सुबेदीको अपिल

लोकनारायण सुबेदी अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टीले यही चैत्र ६ गते एक वक्तव्य प्रकाशित गरी सामन्ती पुनरुत्थान र यथास्थितिका बिरुद्ध संघर्षरत रहन अपिल प्रकाशित गर्नु भएको छ ।
अपिलमा उहाँले दलाल पूँजीपतिमा पत्तन हुँदै गएको बिस्थापित सामन्त बर्गले आफ्नो पुनरुत्थानको अबसर यही हो भन्ने आकलन गरेर पछिल्लो समय योजनाबद्ध किसिमले लागेको र यसमा बाह्य शक्तिको ठूलै आडधाप रहेको पनि देखिएको आजको अबस्थामा यस्तो गम्भीरतम स्थिति देशमा उत्पन्न हुनु देश र जनताप्रति समर्पित स्वाधीनताप्रेमी सामन्तबाद साम्राज्यबाद बिरोधी सच्चा कम्युनिष्ट, बामपन्थी, प्रगतिशील र देशभक्त जनतान्त्रिक शक्तिहरुका लागि अत्यन्तै ठूलो चिन्ता, चासो र चूनौतिको बिषय हो । अतः नेपाली जनताको आजसम्मका संयुक्त आन्दोलनद्वारा प्राप्त जनतान्त्रिक अधिकार, नागरिक स्वतन्त्रता तथा राष्ट्रियताको रक्षा र सुदृढीकरणका निमित्त संघर्षरत सबै तह र तप्काका जनता यस स्थितिमा पुनः पहिले कहिल्यैभन्दा अझ बढी सजग, सचेत र संगठित भएर सामन्ती दलाल नोकरशाही पूँजीवादका बिरुद्ध संयुक्त आन्दोलनको सही दिशामा अग्रसर हुनु आजको राष्ट्रिय आवश्यकता बन्न गएकोे नेपाल कम्युनिष्ट पार्टी पुनः दोहोर्याउँदछ । अतः सबै किसिमका प्रतिगमन र बाह्य हस्तक्षेप तथा साम्राज्यबादका उत्पीडनकारी गतिबिधिका बिरुद्ध अझ बढी सचेत ढंगले संघर्षशील रहनु आजको नेपाली जन आन्दोलनको सर्बोपरी दायित्व बनेको औंल्याउदै सामन्ती दलाल नोकरशाही पूँजीवादी सत्ता र त्यसलाई आड भरोसा दिने बाह्य हस्तक्षेपका बिरुद्ध एकताबद्ध संघर्षको मूलबाटोमा अघि बढ्न सम्पूर्ण तह र तप्काका नेपाली जनतामा जोडदार आग्रह गर्दछ भनिएको छ ।
अपिलमा उहाँले नेपालमा एकतन्त्री राणाशाही तथा सामन्ती अधिनायकबादी राजतन्त्रका बिरुद्ध नेपाली जनताले लगातार लामो समयसम्म संघर्ष गर्दै आएको कुरा जग जाहेर र सर्ब बिदितै छ । पछिल्लो २०६२÷६३ को संयुक्त जन आन्दोलनले राजन्त्रलाई राजनीतिक रुपमा बिदा गरेर गणतन्त्रात्मक लोकतन्त्रको आरम्भ भएको हो । तर यसलाई देशको अर्थतन्त्र, समाजिक संरचना र सँस्कृतिमा लामो समयदेखि रहेको सामन्तबादको बर्चश्व कायम रहेको स्थितिलाई परिबर्तन गरेर अग्रगति दिन देशमा बैज्ञानिक भूमिसुधार गरेर वास्तबिक किसानले जमिनको मालिक बनाउन गणतन्त्र स्थापना पछि सत्तामा गएका कुनै पनि दलले प्रयास गरेनन् । जसका कारणले कृषिमा उत्पादन र आम किसान जनताको क्रय शक्तिमा बृद्धि, राष्ट्रिय पूँजीको निर्माण र राष्ट्रिय औद्योगिकरणको आधार बन्न सकेन । फलतः सामन्तबादी उत्पादन पद्धति बद्लिन सकेन र त्यो कुण्ठित भएर दलाल पूँजीवादमा परिणत हुँदै गएर देशमा अर्ध सामन्ती तथा नब औपनिवेशिक स्थिति कायम हुनगयो । यस्तो अबस्थामा सामन्तबाद र दलाल पूँजीवादको बर्गीय गठजोडले देशलाई अझ बढी परनिर्भर र कमजोर मात्र बनाएन देशका श्रोत साधन सबै बिदेशीलाई सुम्पन्ने, कमिशन खाने र बिदेशी शक्तिले राजनीति, अर्थतन्त्र, सामाजिक संरचना र सँस्कृति सबै क्षेत्रमा हस्तक्षेप गर्ने र हैकम जमाउने स्थिति सिर्जना गर्न पुग्यो । आज हाम्रो देश ठीक यस्तै अबस्थाबाट ्गुज्रिरहेको छ भन्दै
एकातिर यस्तो अर्थ–राजनीतिक स्थिति कायम रहनु र सत्तामा पटक पटक पुगेका दलहरुले त्यसलाई बदल्ने कुनै चेष्टासम्म नगर्नु तर देशमा सामन्ती दलाल नोकरशाही सत्तालाई नै निरन्तरता दिने गलत बाटोमा हिड्नुले सत्तामा पुगेका सबै प्रमुख सत्ताधारी दलहरु एक पछि अर्को भयावह भ्रष्टचार र कमिशनखोरीमा लिप्त भएर लागेको र सुशासन दिन नसकेको अबाञ्छित स्थिति सिर्जना भयो । जसले गर्दा जनताको जीवनका सबै क्षेत्रमा गरीबी, बेरोजगारी अभाव, असुक्षा ब्याप्त भएको तथा राष्ट्रिय स्वाधिनता अत्यन्तै कमजोर हुन पुगेको अनि जनतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता पनि यथार्थतः कागजमा मात्रै सीमित रहन गएकोले जनता चौतर्फीरुपमा असन्तुष्टी बढ्दै गएको छ भनिएको छ ।
वक्तव्यको अन्त्यमा उहाँले यसर्थ यस्तो गम्भीरतम स्थिति देशमा उत्पन्न हुनु देश र जनताप्रति समर्पित स्वाधीनताप्रेमी सामन्तबाद साम्राज्यबाद बिरोधी सच्चा कम्युनिष्ट, बामपन्थी, प्रगतिशील र देशभक्त जनतान्त्रिक शक्तिहरुका लागि अत्यन्तै ठूलो चिन्ता, चासो र चूनौतिको बिषय हो । अतः नेपाली जनताको आजसम्मका संयुक्त आन्दोलनद्वारा प्राप्त जनतान्त्रिक अधिकार, नागरिक स्वतन्त्रता तथा राष्ट्रियताको रक्षा र सुदृढीकरणका निमित्त संघर्षरत सबै तह र तप्काका जनता यस स्थितिमा पुनः पहिले कहिल्यैभन्दा अझ बढी सजग, सचेत र संगठित भएर सामन्ती दलाल नोकरशाही पूँजीवादका बिरुद्ध संयुक्त आन्दोलनको सही दिशामा अग्रसर हुनु आजको राष्ट्रिय आवश्यकता बन्न गएकोे नेपाल कम्युनिष्ट पार्टी पुनः दोहोर्याउँदछ । अतः सबै किसिमका प्रतिगमन र बाह्य हस्तक्षेप तथा साम्राज्यबादका उत्पीडनकारी गतिबिधिका बिरुद्ध अझ बढी सचेत ढंगले संघर्षशील रहनु आजको नेपाली जन आन्दोलनको सर्बोपरी दायित्व बनेको औंल्याउदै सामन्ती दलाल नोकरशाही पूँजीवादी सत्ता र त्यसलाई आड भरोसा दिने बाह्य हस्तक्षेपका बिरुद्ध एकताबद्ध संघर्षको मूलबाटोमा अघि बढ्न सम्पूर्ण तह र तप्काका नेपाली जनतामा जोडदार आग्रह गर्दछ भन्नु भएकोछ । ।

लोकनारायण सुबेदी
अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी
२०८१ चैत्र ६