वैतडीका तीन स्थान(सुर्नाया, सतवाज र ठाँण ) मा कोणसभा सम्पन्न

वैतडीका तीन स्थान(सुर्नाया, सतवाज र ठाँण ) मा कोणसभा सम्पन्न

वैतडी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ४ न. टोलीले जनसम्वन्ध विस्तार अभियान कार्यक्रमको दोस्रो दिन (५ गते) वैतडीको तीन स्थान सुर्नाया, सतवाज र ठाँणमा कोणसभा सम्पन्न गरेको जानकारी प्राप्त भएको छ ।
वैतडीको सुर्नाया गाउँपालीकाको कार्यालय नजिक भएको सभालाई ४ न. टोली नेता एव स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीले सम्वोधन गर्दै जनताको घरदैलोमा पार्टी पुगेर जनतासँगको सम्वन्ध विस्तार गर्ने उदेश्यले यो अभियान सञ्चालन गरेको वताउनु भयो । सुदूरपश्चिम भूमिमा भिमदत्त पन्त वाकाविर जस्ता योध्दाहरुले विद्रोह गरेको भुमि भएकोले यस क्षेत्रका उत्पीडित जनताको मुक्ति चाहनालाई जनसम्वन्ध विस्तार अभियानवाट क्रान्तिकारी पार्टीमा सँगठिन भएर अगाडी वढाउन सकिने वताउनु भयो ।
पार्टी पिविएम लालवहादुर जाग्रीले सँसदीय पार्टीहरु काँग्रेस, एमाले र माओवादी केन्द्रले राज्यको स्रोतलाई पार्टीकरण गरेर पार्टी कार्यकर्ता पोष्ने काम गरेर भ्रष्टाचार गरिरहेको वताउनु भयो । कृषि अनुदान वास्ताविक किसानलाई नदिइ कमिशन, घुस दिने गैर किसान लाई दिएर भ्रष्टाचार गर्दै आएको वताउनु भएको छ ।
कार्यक्रमको सञ्चालन सिसिएम हरि प्रकाश सुवेदी र अध्यक्षता वैतडीका पार्टी नेता काशी सिह धामीले गर्नुभएको थियो ।
सतवाज र ठाँणमा कोणसभा सम्पन्न
वैतडीको सतवाज चौराहामा भएको कोणसभाको सञ्चालन काशि सिह धामीले गनु भएको थियो । कोणसभालाई पार्टीका पिविएम केवि गुरुङले सम्वोधन गर्नुभएको थियो । यसैगरी वैतडीको ठाँणमा भएको कोणसभालाई पार्टी पिविएम धनेश्वर पोखरेलले सम्वोधन गर्नु भयो भने सञ्चालन वैतडीका नेता काशिसिह धामीले गर्नुभएको थियो ।