काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जनसम्बन्ध विस्तार अभियान जारी छ । अभियानको तेस्रो दिन पार्टीका स्थाीय समिति सदस्य रामसिंह श्रीस नेतृत्वको अभियान टोलीले तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाको संक्रान्ति बजारमा कोणसभा सम्पन्न गरेको छ ।
अभियान टोलीले नारा जुलुससहित ¥यालीसमेत प्रदर्शन गरेको थियो । नारा जुलुससहितको ¥याली बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो । अभियान टोलीले त्रि–मोहन माध्यामिक विद्यालयका शिक्षकहरुसँग अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला संयोजक तारक तुम्बाहाम्फेले गर्नुभएको थियो भने सम्बोधन पार्टीका व्यूरो सचिव डिल्लीराम बोहराले गर्नुभएको थियो ।