१० नं. क्षेत्रीय ब्युरोको जनसम्बन्ध बिस्तार अभियान मसाल बालेर उद्घाटन

१० नं. क्षेत्रीय ब्युरोको जनसम्बन्ध बिस्तार अभियान मसाल बालेर उद्घाटन

पाँचखाल÷ काभ्रे–क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जनसम्बन्ध बिस्तार अभियान अन्ततर्गत १०नम्बर ब्युरोको अभियान उद्घाटन पाँचखाल काभ्रेमा भब्यताको साथ सम्पन्न भयो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नम्बर क्षेत्रीय ब्युरो इन्चार्ज क.प्रवेशले मसाल बालेर उद्घाटन गर्नु भयो । उद्घाटन समारोहमा बोल्दै क.प्रवेशले यथास्थितिबादी र पच्चगमनबादीहरु सल्बलाइ रहेको तर उनीहरु नै अग्रगमनको लागि बाधक रहेको बताउनु भयो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकताको महाधिवेशनको सन्देश दिन जनताको घरदैलोमा जाने पार्टीको निर्णय अनुसार जनसम्बन्ध बिस्तार अभियान संचालन गरेको बताउनु भयो ।


त्यसै गरि पार्टीको १०नम्बर ब्यूरो सेक्रेटरी क.बिकासले दलाल संसदीय ब्यबस्थाको विकल्प सङ्घीय जनगणतन्त्र भएको त्यसको लागि आफुहरु जनताकोमा जान लागेको बताउनु भयो । कार्यक्रममा केन्द्रिय सदस्य क.संकल्प, सल्लाहकार सदस्य क.बिकास ,केन्द्रिय सदस्य तथा दोलखा जिल्ला सचिब क.अभियान क्रान्तिकारी किसान महासंघको केन्द्रिय सदस्य छ्त्र आले अखिल(क्रान्तिकारी)को केन्द्रिय सदस्य अर्पना श्रेष्ठ ,अखिल नेपाल तामाङ मुक्ति मोर्चाको केन्द्रिय सदस्य टेक ब.तामाङ,दलित मोर्चाको केन्द्रिय सदस्य श्याम बिक लगायतका बक्ताहरुले सुभकामना मन्तब्य राख्नु भएको थियो ।


कार्यक्रम काभ्रे जिल्ला सचीव क.परिवर्तनको अध्यक्षता र किसानको केन्द्रिय सदस्य क.थलप्रसाद देबकोटाको संचालनमा सप्पन्न भएको थियो । अभियान अन्तर्गत ब्युरोको पाँच जिल्लामा बैशाख १८ गते सम्म जनसम्बन्ध बिस्तार अभियान संचालन हुनेछ ।