दाङ । क्रान्तिकारी कम्यनिस्ट पार्टी नेपालको केन्द्रीय योजना अनुसार चैत ४ गते एकैपटक देशभर जन सम्बन्ध बिस्तार अभियानको उदघाटन गरिएअनुसार दाङमा पनि यसको उद्घाटन भएको छ ।
४ नम्बर ब्युरो सदस्य तथा सल्यान जिल्ला इञ्चार्ज लालध्वजको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा ४ नम्बर ब्युरो सेक्रेटरी समिरले देशको केन्द्रीय योजना अनुसार दाङ जिल्लाबाट उदघाटन गरेर बैशाख १८ गते काठमान्डौ पुगेर कार्यक्रम समापन गरिनेछ भन्नु भयो ।
केन्द्रीय बैकल्पिक पोलिटब्युरो सदस्य तथा ब्युरो सेक्रेटरी समिरले मन्तव्यको क्रममा देश अहिले गम्भीर संकटमा परेको , अर्थतन्त्र ध्वस्त भएको सरकार देशको जनताको पक्षमा भन्दापनि दलाल भ्रष्टहरुको चाकरी गर्ने कुर्सी रक्षाका लागि मात्र चिन्तित रहने देखियो । उहाँले यो राज्य ब्यबस्था जनताको पक्षमा नभएको गरिव किसान मजदुरहरुो हकहितमा भन्दापनि मालिक जमिन्दारहरुका पक्षमा रहेको , गरिब सुकुम्बासीका समस्या हल गर्नुपर्नेमा उल्टो सुकुम्बासीहरुलाई बसिरहेको घरबास उठाएर मानसिक पीडा दिईरहेको सरकार उल्टो बाटो हिडेकोले सरकारलाई गल्ती सच्याउन आग्रह गर्नुभयो ।
कार्यक्रममा दाङ जिल्लाका सदस्य तथा क्रान्तिकारी सुकुम्बासी संगठनका दाङ संयोजक तिलक बि क , अखिल नेपाल जन सांस्कृतिक महासंघका केन्द्रीय सदस्य गोपाल बेैद्य , लगाएतका बक्ताले कार्यक्रममा मन्तब्य दिनु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य दाङ जिल्ला सेक्रेटरी ईश्वरीप्रसाद गैरेले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन मोतीरामले गर्नु भएको थियो । कार्यक्रम ४ नम्बर ब्युरो सदस्य तथा सल्यान जिल्ला इञ्चार्ज लालध्वजको सभापतित्वमा सम्पन्न भएको थियो ।