७ नम्बर ब्युरोको आयोजनामा जनसम्बन्ध विस्तार अभियान उद्घाटन कार्यक्रम सम्पन्न

७ नम्बर ब्युरोको आयोजनामा जनसम्बन्ध विस्तार अभियान उद्घाटन कार्यक्रम सम्पन्न

पोखरा ।
आज देशभर विभिन्न कार्यक्रममा साथ ’जनसम्बन्ध विस्तार अभियान सम्पन्न भएका छन् । सोहि अभियानको कार्यक्रम अन्तर्गत पोखरामा भएको आजको कार्यक्रमलाई पार्टीका पोलिटब्युरो सदस्य एबं क्षेत्रीय ब्युरो इञ्चार्ज क. शेर कुमार खड्काले उद्घाटन गर्नुभयो । आजको कार्यक्रमका अन्य वक्ताहरुमा पार्टीका केन्द्रिय सल्लाहकार सदस्य द्वय क रामजी थापा र क पुर्ण ढुंगाना,केन्द्रिय सदस्यहरु क सुशीला थापा,क भिम श्रीस,क शारदा शाह,क्रान्तिकारी संयुक्त मोर्चाका केन्द्रिय सदस्य क मान बहादुर थापा, तनहुँ जिल्ला सेक्रेटरी क नारायण लम्साल र अखिल (क्रान्तिकारी) जिल्ला संयोजक क स्नेहा गौतम हुनुहुन्थ्यो ।
कार्यक्रम क्षेत्रीय ब्युरो सेक्रेटरी क नारायण अधिकारीको अध्यक्षतामा र सञ्चालन कास्की जिल्ला इञ्चार्ज क आकाशले गर्नु भएको थियो भने स्वागत मन्तव्य कास्की जिल्ला सेक्रेटरी क बिक्रम थापाले गर्नु भएको थियो ।
फोटोफिचर