क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङजिल्ला समितिको आयोजनामा जनयुद्ध दिवश सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङजिल्ला समितिको आयोजनामा जनयुद्ध दिवश सम्पन्न

 

घोराही दाङ ।
ऐतिहासिक दिन फागुन १ गते घोराही ३ बेलुवा सामुदायिक बन भबन हलमा ३०औ ऐतिहासिक जनयुद्ध दिवश कार्यक्रम सम्पन्न भएको छ । दाङ जिल्ला सेक्रेटेरी इश्वरी प्रसाद गैरेको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य हिरामणी दुखीले तत्कालीन नेकपा माओबादी जनयुद्ध ले सँसार हल्लाइरहेको समयमा हाम्रा नेताहरु जेलमा रहेको समयमा जनयुद्धलाई षड्यन्त्रपुर्बक टुङ्ग्याउने काम भयो । जसले गर्दा पार्टी भित्र मतभेद सुरुहुदै माओबादी आन्दोलनमा बिचलन आएपछि पार्टीको बिचार सिद्धान्त बचाउन पार्टी टुक्रिएको थियो । हाम्रो पार्टीको राष्ट्रिय एकता महाधिवेशनले जनयुद्धको जगमा टेकेर नयाँ जनबादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने । नयाँ जनबादी क्रान्तिको खुड्किला पारगर्दै बेैज्ञानिक समाजबाद मा जाने योजनाका साथ अगाडि बढेको कुरा राख्दै पार्टीको योजनाअनुसार सङघर्षमा अगाडि बढन आग्रह गर्नु भयो ।
अर्का पोलिटब्युरो सदस्य शशिधर भण्डारीले जनयुद्धको थालनी गर्नेहरु अहिले आलिसान महलमा बस्दै जनयुद्ध अपराध थियो भन्न समेत पछाडि परेनन । जनयुद्ध लडेकाहरु नै अहिले विभिन्न अपराधमा फसेका र जनयुद्धको अपब्याख्या गर्नु दुखद रहेको बताउनु भयो । केन्द्रीय सदस्य शशिराम बुढाथोकी, अमर पोख्रेल, सहिद परिवार सुन्दरलाल चौधरी गिता स्मृति फाउन्डेसनका अध्यक्ष नरेन्द्र बहादुर बञ्जाडे लगाएतका बक्ताहरुले मन्तब्य दिनु भएको थियो ।
सहिदहरुप्रति मौनधाण भइ सुरु भएको कार्यक्रममा स्वागत मन्तब्य बामदेम पोख्रेल र कार्यक्रम सञ्चालन गोपाल बैद्दले गर्नु भएको थियो । उक्त कार्यक्रममा गिता स्मृति फाउन्डेसनले प्राथमिक बिद्यालय बेलुवामा अध्ययनरत साठी जना बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेको थियो ।