क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिद्वारा ३०औ जन युद्ध दिवस मनाइयो

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिद्वारा ३०औ जन युद्ध दिवस मनाइयो

 

काठमाडौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिको आयोजनामा फागुन १ गते जन युद्ध दिवस मनाइएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक चलिरहेकै क्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ३०औ जन युद्ध दिवस मनायो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका उल्लेख्य सदस्यहरुको उपस्थितिमा काठमान्डौको इच्छुक प्रतिष्ठानमा आयोजित जनयुद्ध दिवसको कार्यक्रमको अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिका कार्यवाहक महासचिव सीपी गजुरेल ‘गौरव’ले र सन्चालन स्थायी समिति सदस्य हरिभक्त कँडेल ‘प्रतिक’ले गर्नु भएको थियो । पार्टीको स्थायी समिति सदस्य सन्त बहादुर नेपाली,स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’, पोलिटब्युरो सदस्य कृष्णदेव सिं दनुवार,केन्द्रीय सदस्य पूर्ण बहादुर खडका,क्रान्तिकारी महिला संगठनका संयोजक अम्बिका मुडभरी,क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक ईश्वर तिमिल्सिना, केन्द्रीय सदस्य बिपिन रोकायाले जनयुद्धको बारेमा मन्तव्य राख्नु भएको थियो ।
नारायण योगीले अक्टोबर क्रान्ति शीर्षकको गीत,अनिश योन्जनले आमाको नाउँमा शीर्षकको गीत गाउनु भएको थियो ।