बाँके ।
राष्ट्रिय एकताको महाधिवेशन सफल पार्न आव्हान गर्दै १० गते बाँके र वर्दियामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मोटरसाइकल रयाली सम्पन्न गरेको छ ।
राष्ट्रिय एकताको महाधिवेशन सफल पारौ भन्दै वर्दियाको बाँसगडीवाट सुरु भएको रयाली भुरिगाँउ, ठाकुरव्दार, राजापुर, ताराताल, गुलरिया, मैंनापोखर हुदै बाँकेको सिलघारि, खजुरा, नेपालगन्जको धम्वोझि,र कोहोलपुरमा समापन गरिएको थियो ।
कान्तिकारि कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य तथा ६ नम्बर प्रदेश इन्चार्ज कमरेड प्रेम सुवेदीले पार्टीको झण्डा पार्टी केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक कमरेड दिपकबहादुर शाहीलाई हस्तान्तरण गरेर उदघाटन गरिएको थियो ।
उक्त रयालीेले जिल्लाको मुख्य मुख्य चोकहरुमा कोण सभा गरि पार्टीको आगामि कार्यक्रम उद्येश्य र नेपालमा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको एकता, धुर्विकरण आवश्यक रहेको र नेपालमा नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादको दिसामा जानको लागि सम्पुर्णरुमा हुने आन्दोलनका माध्यमले आम जनतालाई राजनीतिक रुपमा सचेत र सु संगठित गर्नु पर्नेमा बक्ताहरुले जोड दिए ।
अहिलेकको मुख्य कार्यभार राष्ट्रिय एकताको महाधिवेशन सफल पार्न सवै आम जनसमुदायमा आव्हान गरेका थिए । अब हुने क्रान्तिकारी आन्दोलनले नेपालमा महंगि नहुन, भ्रष्टाचारीलाई कार्वाही र फासिको सजाए हुने, राष्ट्र र राष्ट्रियता सुदृढ हुने, देसमा स्वाधिन अर्थतन्त्र निर्माण गर्ने नेपालको कृषि प्रणालीलाई पुर्ण वैज्ञानिक र प्रविधि मैत्री बनाउन सवै खाले प्रतिक्रियावादीहरुलाई प्रशस्त गर्नु पर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्य कमरेड वालकृष्ण वलि केन्द्रीय सदसहरु कमरेड भुकम्प, कमरेड विपिन, कमरेड कुसल, केन्द्रीय सल्लाहकार कमरेड, कर्णाली, वर्दिया जिल्ला पार्टी संयोजक कमरेड प्रेम थापा सवै जनवर्गीय संगठनका प्रमुखहरु रहेका थिए