तनहुँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले तनहुँको आँबुखैरेनी गाउँपालिकामा असोज ९ गते भेला सम्पन्न गरेको छ । प्रथम गाउँपालिका भेलाले तीन सदस्य पछि थप्ने गरी स्थीरको नेतृत्वमा ७ सदस्यीय कमिटि निर्वाचित गरेको छ ।
पार्टीका सचिवालय सदस्य तथा तनहुँका इन्चार्ज अनुकूलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाको अनुकूलले ब्यानर बाचन गरेर उद्घाटन गर्नुभएको थियो ।
प्रमुख अतिथि अनुकूलले पार्टीको आगामी महाधिवेशन भव्य रुपमा सफल पार्न जिल्लाले खेल्नुपर्ने भूमिका लगायत भेला सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो भने जिल्लाका सहसंयोजक नविनले निर्वाचित कमिटिलाई बधाई दिनुभएको थियो ।