बुटवल –
यहि असोज ४ र ५ गते “सबैखाले अवसरवाद र प्रतिक्रियावाद बिरुद्ध संघर्ष गरौं । अनुशासीत , जुझारु र बृहत कम्युनिस्ट पार्टी निर्माण गर्दै सर्वहारा वर्गको मुक्ति आन्दोलनमा सहभागी बनौ ।“ भन्ने मुल नारा सहित रुपन्देही जिल्लाको सैनामैनामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रुपन्देही जिल्लाको एकता सम्मेलन सम्पन्न गरिएको छ ।
जिल्ला सम्मेलनको उद्घघाटन पार्टीका केन्द्रीय सहसंयोजक सन्त बहादुर नेपालीले गर्नुभएको थियो । उद्घघाटन सत्रमा पार्टीका केन्द्रिय कार्यालय सदस्य द्वय कृष्णराज पौडेल, हरिभक्त कण्डेल, केन्द्रीय सदस्य अटल , समिर, पर्वत, समर्थन लगायतका नेताहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
पार्टीको बिधान अनुसार १९ सदस्य निर्वाचनबाट र ६ जना निर्वाचित जिल्ला समितिले मनोनित गर्ने प्रावधान रहेकोे छ, पुर्ण जिल्ला समिति २५ सदस्य हुने संयोजक दिपक पौडेलले बताउनु भयो ।
एकता सम्मेलन जिल्ला संयोजक दिपक पौडेलको अध्यक्षतामा भएको उक्त जिल्ला सम्मेलन शक्तिको संचालन र बिक्रमको स्वागतमा सम्पन्न भएको थियो ।
एकता सम्मेलनले लक्ष्मिकान्त पौडेलको नेतृत्वमा १९ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ भने सदस्यहरुमा समर, पर्वत, गुलाफ, सौरभ, हाँक, कुमार(क), बादल, युद्ध, दिनेश, बेग, कुमार ( ख), बिक्रम, शक्ति, सिता, श्री चन्द, मिरा, चट्टान र केल्भिनलाई निर्वाचित गरिएको छ ।