देवचुली नगरपालिकामा क्रान्तिकारी कम्युनिष्ट पार्टीको भेला सम्पन्न

देवचुली नगरपालिकामा क्रान्तिकारी कम्युनिष्ट पार्टीको भेला सम्पन्न

नवलपुर – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको राष्ट्रिय एकता अधिवेशनको पूर्व सन्ध्यामा नवलपुरका नगर तथा गाउँपालिकाको सम्मेलन तथा भेलाहरु तीब्र बन्दै गएको छ ।
सोही क्रममा २०८१ असोज ५ गतेका दिन देवचुली नगरपालिकाको नगर भेला सम्पन्न भएको जिल्ला संयोजक दीपकले जानकारी दिनुभयो । भेलाले बिजय सचिव र पर्खाल सह सचिव रहेको ११ सदस्यीय पालिका समितिको चयन गरेको हो ।
नगर संयोजक विजयको अध्यक्षता तथा सह संयोजक पर्खालको सञ्चालन एवं प्रसादको स्वागत मन्तव्य पछि महान शहिदहरुको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो ।
भेलामा केन्द्रिय सचिवालय सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज अनुकूलको प्रमुख आतिथ्यता जिल्ला संयोजक दिपक सह संयोजक न्युजर्ज र प्रदेश सदस्य पुष्पको आतिथ्यता थियो ।
कार्यक्रममा जिल्ला संयोजक दिपकले देवचुली नगर समितिको प्यानल प्रस्ताव पेश गर्नु भएको थियो भने पुष्प र न्युजर्जले भेलामा शुभकामना तथा निर्वाचित समितिलाई बधाई दिनु भएको थियो । भेलाले संगठनात्मक र आर्थिक विषयमा महत्त्वपूर्ण निर्णय लिनुका साथै आगामी कार्तिक १४ र १५ गते हुने जिल्ला सम्मेलनको लागि प्रतिनिधि छनोट गरेको पार्टीले जनाएको छ ।