शनिबारीय साहित्य ः पुस्तक समीक्षा
*** ***
पुस्तक ः मार्क्सवाद र एनजीओ
लेखक ः हुकमबहादुर सिंह
प्रकाशक ः भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौं
विधा ः दर्शन र राजनीति
प्रकाशन वर्ष ः २०८१ जेठ
मूल्य ः रु. ५५०।–
पृष्ठ सङ्ख्या ः ३९६
विषय प्रवेश ः
अहिले नेपालको कम्युनिस्ट आन्दोलनमा विचारको खडेरी परेको छ । नयाँ पुस्तामा सामाजिक सञ्जालको यति तीव्र प्रभाव परेको छ कि उनीहरू आफ्नो विचार निर्माणको माध्यम त्यसैलाई बनाएका छन् । सामाजिक सञ्जाल आफैमा गलत कुरा होइन, त्यो अहिलेको युगको महत्वपूर्ण प्रविधि हो र त्यसलाई सही रूपमा प्रयोग गर्न सके त्यसले क्रान्तिकारी आन्दोलनलाई फाइदा पनि पुग्छ । परन्तु अहिले जे जसरी त्यसलाई प्रयोग गरिएको छ र त्यसबाट आफ्नो वौद्धिकता निर्माण गर्ने माध्यम बनाइएको छ त्यो निकै हानिकारक भएको म पाउँछु । नेपाली समाज र अझ राजनीतिक आन्दोलनमा त यसको सदुपयोग भन्दा पनि दुरूपयोग बढी भएको पाइन्छ । सामाजिक सञ्जालमा पोष्ट गरिएका ससाना टिप्सहरू या धारणाहरूबाटै समग्र विषयप्रतिको आफ्नो धारणा बनाउने चिन्तप्रणालीले नेपाली समाजलाई उल्टो दिसातिर लैजाने, नकारात्मकताको सञ्चार गर्ने, निरासा, कुण्ठा, अकर्मण्यता पस्किने र राजनीतिलाई गलत रूपमा प्रस्तुत गर्ने कृयाकलाप बढिरहेका छन् ।
नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएदेखि यता विशेषतः पञ्चायती कालरात्रीको समयमा कम्युनिस्ट पार्टीमा लागेका कार्यकर्ताहरूका निम्ति माक्र्सवादी पुस्तक पढ्ने सहज वातावरण थिएन । शीर्ष नेताहरूले दिएका प्रशिक्षणहरू, कमिटीका बैठकहरूमा नेताले राखेका विचार, पार्टीका परिपत्र, दस्तावेज, विधान, निर्देशिकाहरू नै कार्यकर्ताहरूका निम्ति महत्वपूर्ण वैचारिक खुराक बन्दथे । पुस्तक पढ्ने भनेको ठूला सहर, राजधानीका कलेज पढ्ने विद्यार्थीहरू र उच्च तहका नेताहरूका निम्ति मात्र अवसर मिल्थ्यो । आज त्यस्तो अवस्था छैन । देशैभरी माक्र्सवादी दर्शन, राजनीति र साहित्यका पुस्तकहरू प्रयाप्त मात्रामा पाइन्छन् ।
संसोधनवादी कम्युनिस्टहरूले सरकार र संसदको दुरुपयोग गरेर क्षणिक रूपमा जनतामा भ्रम सिर्जना गरेता पनि वास्तवमा जनताले कम्युनिस्ट दर्शन, विचार, राजनीति र दृष्टिकोण बुझ्न सक्ने भएका छन् । यसका साथसाथै क्रान्तिकारी धाराका कम्युनिस्टहरूले माक्र्सवादी विचार, राजनीति र त्यसको झण्डालाई झुक्न नदिएर राजनीतिलाई सही दिशातिर डो¥याउने काम पनि गरिरहेकै छन् । माक्र्सवादी दर्शन, विचार, राजनीति र साहित्यलाई आम जनता, पाठक तथा कार्यकर्ताहरूका बिचमा लैजानका निम्ति प्रसस्तै पुस्तकहरू प्रकाशित गर्ने काम निरन्तर भइरहेका छन् । यो सुखद कुरा हो । मार्क्सवादलाई सहज र सरल रूपमा बुझ्न, नेपालमा त्यसको सही र गलत रूपबाट कस्ले कसरी लिइरहेका छन् भनेर बुझ्नका निम्ति अत्यन्तै उपयोगी हुने पुस्तक यतिखेर नेपाली बजारमा आएको छ । त्यो पुस्तक हो ‘मार्क्सवाद र एनजीओ’ नामक ग्रन्थ । अब म उक्त पुस्तक भित्र पसेर पाठकहरूलाई त्यसबारे सङ्क्षिप्तमा केही विषयबारे जानकारी गराउने प्रयत्न गर्छु ।
मेरो हातमा यतिखेर क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता हुकुमबहादुर सिंहद्वारा रचित ‘मार्क्सवाद र एनजीओ’ पुस्तक छ । उक्त पुस्तक भुँडीपुराण प्रकाशनले प्रकाशित गरेर बजारमा ल्याएको छ । ३९६ पृष्ठ सङ्ख्या रहेको सो माक्र्सवादी ग्रन्थको मूल्य नेपाली रूपैयाँ ५५०।– राखिएको छ । पुस्तकको गहनाता अनुसार उक्त मूल्य खास महङ्गो भने होइन । यस्तै प्रकृतिका नेपालीमा अनुवाद भएका विदेशी लेखकहरूले लेखेका पुस्तकहरू एक हजार रूपैयाँ भन्दा माथि नै पर्दछन् । प्रस्तुत पुस्तक नेपाली कम्युनिस्ट आन्दोलनमा लागेका हरेक योद्धाहरूका निम्ति माक्र्सवाद के हो, माक्र्सवादको विकास के कसरी भयो, यसको आवश्यकता किन छ र नेपालमा यसलाई कसरी प्रयोग गरिँदै आएको छ र कसरी प्रयोग गर्नुपर्ने हो भन्ने विषयमा निकै सरल र सुक्ष्म ढङ्गले अध्ययन गर्न उपयुक्त रहेको छ । यसका साथै काल्पनिक समाजवादीहरूको धारणा के थियो र नेपालका कम्युनिस्टहरूले ककस्ले कसरी यसलाई बुझेका छन् ? भन्ने विषयको गहन अध्ययन पनि प्रस्तुत पसुस्तकमा पढ्न सकिन्छ । त्यसैगरी एनजीओ तथा आइएनजीओहरूको नालीबेली बुभ्mन र नेपालमा यी संस्था वा सङ्गठनहरूले के गरिरहेका छन् भनेर बुभ्mन, अध्ययन गर्नुका साथै त्यसको उपादेयताका बारेमा जान्न पनि यस पुस्तकले महत्वपूर्ण भूमिका खेल्नेछ । ग्रन्थको आकारमा प्रकाशित यस पुस्तकले नेपाली कम्युनिस्ट आन्दोलनका लागि स्कूलिङको पाठ्यसामग्री बन्नेछ भन्ने मलाई अनुभूति भएको छ ।
सात खण्डमा रहेको यस पुस्तकमा मार्क्सवाद, लेनिनवाद र माओवादको जन्म, विकास र यसले पारेको वैश्वीक प्रभावको सङ्क्षिप्तमा सूत्रात्मक तरिकाले व्याख्या गरिएको छ । त्यसैगरी नेपाली कम्युनिस्ट अन्दोलनको जन्म, विकास र प्रभाव पनि प्रस्तुत पुस्तकका पाठ्य विषय रहेका छन् । र, अन्तिम खण्डमा मार्क्सवाद र एनजीओ सम्बन्धी विवेचना गरिएको छ । यसरी एउटै पुस्तक भित्र, मार्क्सवाद, लेनिनवाद, माओवाद, नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली समाजमा एनजीओको प्रभावका बारेमा महत्वपूर्ण जानकारी लिन सकिन्छ । त्यति मात्र होइन यस पुस्तकमा विश्व कम्युनिस्ट आन्दोलनमा विकास भएका संसोधनवादी धारा र तिनले पारेको प्रभावका साथै नेपालका संसोधनवादी कम्युनिस्ट धाराका पार्टीहरूले नेपाली समाजमा पारेको भ्रमको मसिनो गरि चिरफार गर्ने काम पनि गरिएको छ । यस प्रकारको बहुउपयोगी पुस्तक दिएर नेपाली कम्युनिस्ट आन्दोलनका पाठकहरूका निम्ति हुकुमबहादुर सिंहले अमूल्य गुण लगाउनु भएको छ ।
पुस्तकमाथि विषयगत विवेचना ः
सात खण्डमा रहेको यस पुस्तकको हरेक खण्डमा रहेका विषय समान महत्वका छन् । प्रथम खण्डमा ‘मार्क्स र मार्क्सवाद’ रहेको छ । यस विषयलाई विवेचना गर्न विभिन्न उपशीर्षकका फुटकर रचना एघार वटा समावेश गरिएको छ । ती फुटकर रचनाहरूमा माक्र्सवादको परिचयदेखि पेरिस कम्युनको शिक्षाहरूसम्मका बारेमा चर्चा गरिएको छ । यसरी चर्चा गर्दा माक्र्सको वैयक्तिक जीवनी, परिचय, मार्क्सवादको निर्माणका आधारहरू, विचारको विकास र त्यसले पारेको वैश्वीक प्रभाव, माक्र्सवादका तीन सङ्घटक अङ्गको सङ्क्षिप्त परिचय आदि विषयको सरल तर गहनतम विश्लेषण गरिएको छ ।
यस खण्डमा पुस्तकको राम्रो विशेषता के छ भने एउटै मूल पाठ भित्र माक्र्सको जीवनीदेखि मार्क्सवादको विकास हुनुका कारण, मार्क्स भन्दा पहिलेका युरोपियन काल्पनिक समाजवादीहरूको चर्चा, मार्क्सवादले विकास गरेको द्वन्द्ववाद, भौतिकवाद र द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद हुँदै त्यसले समाजमा पारेको प्रभावदेखि मार्क्स–एङ्गेल्सकै समयमा भएको पेरिस क्रान्ति र त्यसले दिएको शिक्षाको चर्चा गरिएको छ । यसरी समग्रमा माक्र्सवाद बुझ्न एउटै पुस्तक पढे पुग्ने भएको छ । यसबाट माक्र्सवादको प्रारम्भिक जानकारी लिन सकिन्छ ।
दोस्रो खण्डमा ‘लेनिन र लेनिनवाद’ रहेको छ । यसमा पनि लेनिनको प्रारम्भिक परिचयदेखि लेनिनवादको जन्म, विकास र त्यसले पारेको प्रभाव तथा त्यसको सार्वभौमिकताको चर्चा निकै सरल र सुवोध्य ढङ्गबाट गरिएको छ । यस मूल खण्डभित्र पन्ध्र वटा उपशीर्षकका लामा–छोटा आलेखहरू रहेका छन् । ती आलेखहरूमा लेनिनवादको चर्चा सँगसँगै स्टालिनको योगदान, ट्रटस्कीसँगको अन्तरविरोधमा लेनिन स्टालिनले खेलेको भूमिका, अक्टोबर क्रान्ति हुँदै साम्राज्यवादको चर्चा आदि समावेस गरेर समग्रमा समाजवादी आन्दोलनको इतिहास अध्ययन गर्न सकिन्छ ।
तेस्रो खण्डमा माओवादको चर्चा रहेको छ । यसमा ‘माओ र माओवाद’ शीर्षक भित्र पन्ध्र वटा उपशीर्षकका आलेखहरू समावेश छन् । यहाँ पनि माओको परिचयदेखि, माओवादको विकास हुँदै चिनियाँ क्रान्तिको बारेमा सङ्क्षिप्तमा चर्चा गरिएको छ । माओवादको विकास र चिनियाँ क्रान्तिको चर्चा गर्दा स्वभाविक रूपमा त्यहाँ भएको अन्तरसङ्घर्ष, संसोधनवादसँगको लडाइँमा माओले अगाडि सार्नुभएको सर्वहारा सांस्कृतिक क्रान्तिको विषय स्वतः आउने नै भयो । यसरी यस विषयमा पनि लेखकले राम्रोसँग चिरफार गर्नु भएको छ ।
पुस्तकको चोथो खण्ड हो ‘नेपाली कम्युनिस्ट आन्दोलन’ । जसमा बाह्र वटा उपशीर्षकका रचना समावेश गरिएको छ । यी आलेखहरूमा नेपाल कम्युनिस्ट पार्टीको जन्मको इतिहास र त्यस यता कम्युनिस्ट पार्टीले खेलेको भूमिका, पार्टीहरूमा आएको वैचारिक विचलन र टुटफुट, विभाजनको शृङ्खलाहुँदै संसदवादी कम्युनिस्टहरूको विचार, नीति र चरित्रको विश्लेषण गरिएको छ । त्यसका साथसाथै यस खण्डमा क्रान्तिकारी आन्दोलन चैत्र २४को सन्दर्भ, संयुक्त मोर्चा र क्रान्तिकारी पार्टीहरूमा हुनुपर्ने सर्वहारावर्गीय चरित्र र वोल्सेभिक स्पृट जस्ता विषयमा पनि प्रकाश पार्ने काम गरिएको छ ।
पाँचौँ खण्डमा ‘नेपालको राष्ट्रियता र सार्वभौमिकताको प्रश्न’रहेको छ । त्यसमा सात वटा उपशीर्षकका राजनीतिक लेखहरू समावेश गरिएका छन् । यी आलेखहरूमा लेखकले नेपालमा वैदेशिक सहयोग र लगानीले पारेको प्रभाव, राष्ट्रिय स्वाधीनताको प्रश्न, दलाल पुँजीवाद र त्यसको प्रभाव, देशको सार्वभौमिकतामा कसको वर्चश्व रहेको छ भन्ने विषयको निकै तर्क र तथ्यपूर्ण विश्लेषण गरिएको छ ।
छैठौँ खण्डमा ‘माक्र्सवाद र संसद’ विषयको चर्चा गरिएको छ । यसमा नौ वटा शीर्षकका रचनाहरू समावेश गरिएका छन् । यसमा नेपालमा कम्युनिस्टहरूले संसदलाई कसरी उपयोग गरिएका छन्, संसदप्रति उनिहरूको दृष्टिकोण के छ भन्ने विषयको चिरफार गरिएको छ । संसद र संसदीय व्यवस्था, संसोधनवादी कम्युनिस्टहरूले गर्ने समाजवादको प्रचार र उनीहरूको व्यवहार, प्रजातन्त्रको परिभाषा र नेपालमा चलिरहेको प्रजातन्त्रका नामको लुटतन्त्र आदि विषयमा निकै सरल र तथ्यपूर्ण व्याख्या गरिएको छ । यसरी पहिलोदेखि छैठौँ खण्डसम्ममा माक्र्सवाद सिर्जित विषयहरू समावेस गरिएका छन् ।
प्रस्तुत ग्रन्थको सातौँ र अन्तिम खण्ड हो ‘माक्र्सवाद र एनजीओ’ । जो यस पुस्तकको मुख्य शीर्षक रहेको छ । यही शीर्षकलाई पुस्तकको नाम दिइएको छ । यस खण्डमा सत्रवटा शीर्षकका आलेखहरू रहेका छन् । यस खण्डमा उल्लेखित लेखहरूको सार भनेको एनजीओ÷आइएनजीओहरूको चिरफार गर्नु हो । वास्तवमा नेपालमा यति धेरै एनजीओ तथा आइएनजीओहरू कृयाशील छन् कि त्यति त सरकारी संयन्त्रहरू पनि रहेका नहोउन् । एनजीओ भनेको गैरसरकारी संस्थाहरू हुन् । जो सरकारी निकायमा दर्ता गरेर विभिन्न सामाजिक, राजनीतिक, आर्थिक, सांकृतिक, मानवअधिकार, प्रकृति संरक्षण लगायतका क्षेत्रमा काम गर्न खोलिएका सङ्घ, संस्थाहरू हुन् । यी संस्थाहरू पनि नाफा मूलक र गैरनाफा मूलक गरी दुई किसिमका हुन्छन् । सेवाको भावनाले खोलिएका भएता पनि अन्तर्यमा लाभकै निम्ति कुदिरहेका देखिन्छन् । यसमा विशेषतः आइएनजीओबाट आर्थिक श्रोत लिएर या राज्यकोषबाट बजेट लिएर परिचालित हुने संस्थाहरूका सञ्चालकहरूको निजी स्वार्थ जोडिएका हुन्छन् ।
विशेषतः आर्थिक रूपले विपन्न मुलुकहरू तथा तेस्रो विश्वका गरिब मुलुकहरूमा यस्ता एनजीओ र आइएनजीओहरूका जालो विच्छ्याइएका हुन्छन् । यिनको उद्देश्य भनेको मानव कल्याणका नाममा जनतालाई परनिर्भर बनाउनु हो । नेपालको सन्दर्भमा हेर्ने हो भने विगत पचास वर्षकै अवधीमा एनजीओ÷आइएनजीओहरूका माध्यमबाट जेजति बजेट खर्च गरिएको छ त्यो बालुमा खन्याएको एक गाग्री पानी जस्तै भएका छन् । अहिलेसम्म कुनै उपलब्धी दिएको रेकर्ड पाउन सकिँदैन । त्यसैले प्रस्तुत पुस्तकमा लेखक हुकुमबहादुर सिंहले यस विषयमा राम्रो चिरफार गर्नुभएको छ । विशेष गरेर नेपालमा संचालित एनजीओ÷आइएनजीओहरूको उद्देश्य भनेको डलरको खेती गर्नु र निश्चित दलका सीमित नेता कार्यकर्ताहरूको गोजी भर्नु रहेको पुष्टि भएका छन् । यस विषयमा निकै मिहिनेत गरेर राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रका तथ्य तथ्याङ्क दिएर हुकुमजीले एनजीओको चिरफार गर्नुभएको छ । यस्ता गैर सरकारी सङ्घ÷संस्थाहरूका भ्रममा रहेका वौद्धिक जमातमा प्रस्तुत पुस्तकले राम्रो शिक्षा दिनेछ ।
सिंहले यस पुस्तकमा एनजीओका बारेमा चर्चा गर्ने क्रममा यसको उत्पत्तीको इतिहास, लक्ष्य, उद्देश्य, तिनले नेपालमा गरेका कामको मूल्याङ्कन, तिनले नेपाली समाज र देशका निम्ति गरेका सकारात्मक तथा नकारात्मक कामका बारेमा अत्यन्तै मिहिनेतका साथ शल्यक्रिया गर्नुभएको छ । यस खण्डका आलेखमा सिंहले एनजीओ तथा आइएनजीओको चर्चा मात्रै नगरेर माक्र्सवादी दृष्टिकोणबाट यसखाले गैरसरकारी सङ्घ संस्थाहरूलाई कसरी हेर्नु उपयुक्त हुन्छ भन्ने विषयमा पनि राम्रोसँग आफ्ना धारणाहरू राख्नुभएको छ ।
निष्कर्ष ः
सैद्धान्तिक र वैचारिक रूपले माक्र्सवादलाई सही रूपमा बुभ्mने र त्यसलाई आफ्नो जीवन व्यवहारमा लागू गर्ने प्रकृयाको खडेरी परेको वर्तमान समयमा मालेमावादलाई बुभ्mन यति सरल तर गहनतम पुस्तक प्रकाशनमा आउनु नेपाली पाठकहरूका लागि सुनौलो अवसर हो । माक्र्सवादी स्कूलका लागि पाठ्यक्रमिक रूपमा उपयोगी हुने यस प्रकारको पुस्तकको आवश्यकता छ । हुकुमबहादुर सिंहले एउटै पुस्तक भित्र माक्र्सवाद–लेनिनवाद–माओवादको उद्भव, विकास र वैश्वीकरणको चर्चा गर्नुका साथै एनजीओ आइएनजीओ समेतको चर्चा गरेर निकै महत्वको काम गर्नुभएको मैले महसुस गरेको छु ।
यसका साथै प्रस्तुत पुस्तक ‘माक्र्सवाद र एनजीओ’ भित्र नेपाली कम्युनिस्ट आन्दोलनका बारेमा पनि आवश्यक चर्चा गरिएको छ । आज नेपालमा कम्युनिस्ट नामका पार्टी सरकार र संसदमा वर्चश्व जमाएर बसेका छन् । तिनले एकातिर समाजवादका कुरा गर्छन्, कम्युनिस्ट सिद्धान्तका कुरा गर्छन् परन्तु तिनीहरूले साम्राज्यवादी तथा पूँजीवादी मुलुकहरूमा समेत असफल भएर सङ्कटग्रस्त अवस्थामा पुगेको नवउदारवादी अर्थतन्त्र भित्र्याएर देशलाई पुरै परनिर्भर बनाएका छन् । नेपाली समाजमा एउटा उखान छ – ‘काँशी जानु कुतीको बाटो’ । आज नेपालका संसदवादी पार्टीहरूले त्यही उखानलाई चरितार्थ गरिरहेका छन् । आज नेपाली समाजको अवस्था हे¥यौँ भने दुईतिहाई भन्दा बढि कम्युनिस्ट विचारलाई विश्वास गर्ने जनता छन् । तर संसदवादी कम्युनिस्टहरूका भ्रमका कारण जनता अलमलमा परेका छन् र जनतामा व्यापक निरासा, पलायनता, कुण्ठा, अकर्मण्यताको बादल मडारिएको छ । त्यो बादलले क्रान्तिकारी धारका नेता कार्यकर्ताहरूलाई पनि नराम्रोसँग लपेटेको छ र त्यसले अविश्वास पैदा गरेर टुटपूmटको खेति मौलाउने वातावरण निर्माण गरिरहेको छ । यस्तो अवस्थामा सैद्धान्तिक र वैचारिक रूपले नेता कार्यकर्ताहरूलाई प्रशिक्षित गर्नु अत्यन्तै आवश्यक छ । त्यसका निम्ति पनि प्रस्तुत पुस्तक निकै उपयोगी रहनेछ ।
कम्युनिस्ट आन्दोलन विघटनतिर जानुको विभिन्न कारणहरू मध्य सबैभन्दा महत्वपूर्ण कारण भनेको कार्यकर्ताहरूलाई वैचारिक रूपले स्पष्ट पार्न नसक्नु, नेता–कार्यकर्ताहरूमा सर्वहारा चेत, व्यवहार र संस्कृति आत्मसात नगरिनु, आफैँप्रति इमान्दार र नैतिक नहुनु जस्ता कारण हुन् । त्यसैले माओले कम्युनिस्ट आन्दोलन सँगसँगै सर्वहारा सांस्कृतिक क्रान्तिलाई लैजानु पर्ने कुरामा जोड दिनुभएको थियो । के थियो सर्वहारा सांस्कृतिक क्रान्ति भन्ने कुरा प्रस्तुत पुस्तकमा लेखक सिंहले राम्रोसँग प्रस्ट पार्नुभएको छ । अतः समग्रमा भन्नु पर्दा प्रस्तुत पुस्तक अत्यन्तै उपयोगी र पठनीय रहेको छ । नेपालमा एकातिर संसदवादी कम्युनिस्टहरूको हुण्डरी चलेको वेला र अर्कातिर क्रान्तिकारी कम्युनिस्टहरू पनि एकता र ध्रुविकरणतर्फ अग्रसर भइरहेको यो समयमा यसप्रकारको पुस्तक बजारमा आउनु निकै महत्वको रहेको छ । यो संयोग मात्रै होइन आजको आवश्यकता पनि हो । तसर्थ नेपालका क्रान्तिकारी धाराका कम्युनिस्ट नेता–कार्यकर्ताहरू तथा संसदवादीहरूका भ्रममा परेर बाटो विराएकाहरूले पनि यो पुस्तक अनिवार्य पढ्नुपर्ने आवश्यकता छ । यसप्रकार समग्र विषय समेटेर एउटै पुस्तकका रूपमा हामी पाठकहरूलाई दिनुभएकोमा लेखक क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता एवम् वौद्धिक व्यक्तित्व कमरेड हुकुमबहादुर सिंहलाई धन्यवाद दिँदै समीक्षाको बिट मार्दछु ।
७ असार २०८१, कोटेश्वर