मस्कोको कन्सर्टमा आक्रमण हुँदा ६० जनाको मृत्यु

मस्कोको कन्सर्टमा आक्रमण हुँदा ६० जनाको मृत्यु

 

काठमाडौं रुसी राजधानी मस्कोको एउटा कन्सर्टमा भएको आक्रमणमा कम्तीमा ६० जनाको ज्यान गएको छ । प्राप्त समाचारमा एक सयभन्दा बढी घाइते रहेको बताइएको छ ।

पछिल्लो समाचारमा कन्सर्टस्थल सिटी हलमा दोस्रो विस्फोट भएको जनाइएको छ । प्रहरीका अनुसार भागेका आक्रमणकारीहरुको खोजी शुरु गरिएको छ ।

घटनाको इस्लामिक स्टेटले जिम्मा लिएको बताइएको छ ।