काठमाडौं । १९९६ वैशाख १२ गते विद्यापुर सुर्खेतमा जन्मनु भई हाल वीरेन्द्रनगरमा बसोबास गर्दै आउनुभएकी पूर्णकला देवी सापकोटाको माघ १८ गते भएको निधनप्रति दुःख व्यक्त गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका कार्यालय सदस्य तथा प्रवक्ता कमरेड धर्मेन्द्र बास्तोलाकी सासुआमा र केन्द्रीय सल्लाहकार समिति सदस्य कमरेड हीमा बास्तोलाकी ममतामयी आमा रहनु भएकी सापकोटाका पाँच छोरा, एक छोरी, नाति–नातिनी तथा पनाति–पनातिनीहरु हुनुहुन्छ ।
पार्टीका अध्यक्ष मोहन वैद्य किरणले जानरी गरेको शोक वक्तव्यमा भनिएको छ, “उहाँको निधनबाट हामी अत्यन्तै दुःखित भएका छौं । दुःखको यस घडीमा हाम्रो पार्टी पूर्णकला देवी सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र कमरेड धर्मेन्द्र वास्तोला, कमरेड हीमा वास्तोला लगायत शोकसन्तप्त परिवार तथा सम्पूर्ण आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।”