२३ पौष कास्की ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल कास्कीले पोखराको अमरसिं चोकमा एक बिरोधसभा कार्यक्रम सम्पन्न । उक्त बिरोध सभालाई एकता महाधिवेशन आयोजक समिति सदस्य क.निश्चलले मुख्य वक्ताको रूपमा सम्बोधन गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन क्रान्तिकारी युवा संगठन कास्कीका संयोजक क.सूर्य परियारले गर्नु भएको थियो ।
सम्बोधनको क्रममा मुख्य वक्ता क. निश्चलले “उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना’का नाउँमा भारतीय दूतावासले नेपालमा २० करोडसम्मका परियोजना आफूखुसी बाँड्न सक्ने भनी गरिएको सम्झौता गंभीर राष्ट्रघाती संझौता भएको, पञ्चायती कालबाटै शुरुवात भएको यो गलत प्रक्रियालाई लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको सरकारले समेत निरन्तरता दिनु घोर आपत्तिजनक भएको । यो नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको सार्वभौम अधिकारमाथिको ठाडो आक्रमण भएको,एउटा सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका निम्ति यस प्रकारको लज्जाजनक र राष्ट्रिय हित विरोधी सम्झौताले सम्पूर्ण देशभक्त नेपाली जनतालाई स्तब्ध र क्रुद्ध बनाएको छ भन्दै भारत सरकारको सहयोगमा नेपालमा सेटेलाइट सञ्चालन गर्ने कुरा सन्देहयुक्त रहेको र आम नेपाली जनताले नेपाल र भारतबीच भएको सन् १९५०को असमान सन्धिको विरोध गरिरहेको अवस्थामा सो सन्धिमा उल्लेखित ‘नेपालको प्राकृतिक श्रोत र जलश्रोतमा विदेशी सहयोग लिन खोजे भारतलाई प्राथमिकता दिनुपर्ने’ बुँदाको कार्यान्वयन गर्दै नेपाल र भारतबीच हालै गरिएको २५ वर्षे उर्जा व्यापार सम्झौताले नेपालको जलश्रोतमा भारतीय कब्जाको रणनीतिलाई थप बलियो बनाएको,उपरोक्त संझौताहरु तत्काल फिर्तागरी वर्तमान सरकारले आम नेपाली जनतासँग माफी माग्नु पर्ने भन्नु पर्छ ।
प्रधानमन्त्री पुष्प कमल दाहालको भारत भ्रमणको क्रममा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने भन्ने सम्झौता सामान्य जस्तै लागेपनि यसको पछाडिको रणनीति खतरनाक रहेको,भारतीय कम्पनीहरुले अहिलेनै नेपालको ४ हजार ६०० मेगावाटका आयोजनाहरु निर्माणको काममा हात माथि पारिसकेको र झण्डै चार हजार मेगावाट विद्युतका आयोजना हत्याउन थप प्रयास गरिरहेको अवस्थामा आवश्यक मात्रामा विद्युत उत्पादन नहुँदै र देशमा विद्युत व्यापारको औपचारिक तथा आधिकारिक रणनीति तयार नहुँदै उक्त संझौता हुनुले नेपालको जलश्रोतमा भारतीय एकाअधिकार स्थापित गर्ने काम हुन गएको छ“ भन्नु भएको छ । उहाँले पार्टीका कार्यलय सदस्य क. हेमन्त प्रकाश वलि सुदर्शनलाई बिगतकालको शान्ति सम्झौता बिपरित अदालतबाट पक्राउ पुर्जी टांसिनु आपत्तिजनक रहेको बताउनु भयो ।
उक्त विरोध सभा दिनको १:०० बजे शुरु भएर २:०० बजे समापन गरिएको थियोे ।