नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालनिकट अखिल क्रान्तिकारीको बिद्यार्थी जागरण अभियान टोलीले भित्तेलेखन लगायतका काम तीब्र बनाएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिबेशन केन्द्रीत प्रचार गर्दै भित्ते लेखनका गर्नुका साथै शैक्षिक बिषयमा समेत टोलीले प्रचारका कामलाई तीब्रता दिएको हो । अभियान अन्तरगत शुक्रवार महाकवि देवकोटा क्याम्पस सुनवलको प्राध्यापकहरुसंग समसामायिक छलफल समेत गरेको क्रान्तिकारीका प्रदेश संयोजक नवीन खड्काले जानकारी दिनुभयो ।