काठमाडौं । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले हिजो शुक्रबार एक प्रेस वक्तव्य प्रकाशित गर्दै अाफ्नाे सङ्गठनका केन्द्रीय सदस्य पर्शुराम काेइरालाकाे अामाकाे निधन प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
जनसांस्कृतिक महासङ्घका केन्द्रीय संयाेजक हिरामणि दुःखीद्वारा जारी वक्तव्यमा भनिएको छ- “नेपाल राष्ट्रिय प्राध्यापक संगठन र अखिल नेपाल लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका प्रगतिवादी लेखक एवम् संस्कृतिकर्मी परशुराम कोइराला र भाइहरू शोभाकान्त, दीपक, संसार, पृथ्वी कोइरालाका ममतामयी आमा प्रगतिशील आन्दोलनकी आदरणीय अभिभावक सीता कोइरालाकाे ८२ बर्षकाे उमेरमा कार्तिक १५ मा निधन भएकाेमा सङ्गठन स्तब्ध र दुखित भएको छ । यस दुःखकाे सन्दर्भमा मृतक अामा सीताप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै शाेकसन्तप्त परिवार जनमा गहिरो समवेदना प्रकट गर्दछ ।