गएरातिकाे भुकम्पले ६३ जनाको ज्यान लिइसकेको छ

गएरातिकाे भुकम्पले ६३ जनाको ज्यान लिइसकेको छ

हिरामणि दु:खी, दाङ, तुलसीपुर/ गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युटकाे भुकम्पकाे असरबाट मृत्यु हुने मानिसको सङ्ख्या साठी नाघेको छ ।

मृत्यु हुनेमा जाजरकोट नलगाड नगरपालिका उपप्रमुख सरिता सिंह लगायत २० जनाको मृत्यु भएको खबर छ । उपप्रमुह सिंहकाे खलङ्गामा उनी बसेकाे घर भत्किँदा मृत्यु भएको हाे । हालसम्म मृत्यु हुनेमा नलगाड नगरपालिकामा २० जना कुशे गाउँपालिकामा ८ जनाकाे मृत्यु भएको जनाइएको छ ।

त्यसैगरी रुकुम पश्चिमकाे अाठविसकाेट नगरपालिकामा ३६ जनाको मृत्यु भएको खबर डिएसपी नवराज भट्टराईले बताएका छन् ।

रुकुमको अाठविसकाेट नगरपालिका वडा नम्बर १२ मा मात्रै एकै घरका ६ जानकाे मृत्यु भएको वडाध्यक्ष खम्बु कुसारीले बताएका छन् ।

अहिले बिहान पाँच बजेसम्मकाे रिपोर्ट अनुसार जाजरकोटमा र रकुममा गरि दुई सय भन्दा बढी घर गाेठ भत्किएका छन् । सुखा पहिरो गएकोले बाटो अवरुद्ध भएको हुँदा उद्दार गर्न कठिनाई भइरहेको छ । रुकुममा ८५ जना बढी घाइतेहरुको उपचार भइरहेको छ भने उता जाजरकोटमा घाइतेको सङ्ख्या १०० नाघेको जनाइएको छ र सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म मृत्यु हुने सङ्ख्या ६३ जना भन्दा बढी पुगिसकेको बताइएको छ ।

अहिले प्रधानमन्त्री भुकम्प प्रभावित क्षेत्रमा जाने समाचार छ । प्रधानमन्त्री पुष्पकमल दाहालले हवाई उद्दार गर्न निर्देशन दिएको र अाफै साे स्थानमा जान लागेको उनका प्रेस सल्लाहकारले बताएका छन् ।