भुकम्पबाट रुकुम पश्चिममा चार र जाजरकोटमा पाँच जनाकाे मृत्यु दर्जनौं घाइते

भुकम्पबाट रुकुम पश्चिममा चार र जाजरकोटमा पाँच जनाकाे मृत्यु दर्जनौं घाइते

दाङ, तुलसीपुर/ गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पकाे असरबाट रुकुमको अाठविसकाेट नगरपालिका वडा नम्बर १२ मा मानवीय क्षेति भएको रिपोर्ट प्राप्त भएको छ । उक्त वडामा हालसम्म ४ जनाकाे ज्यान गएको वडाध्यक्ष खम्बु कुसारीले बताएका छन् । दर्जनौं घाइते भएका छन् । उद्दार कार्य चलिरहेको छ । धेरै घर र गाेठहरु भत्किएका छन् ।

भुकम्पकाे धक्का दाङमा पनि निकै ठुलाे महसुस गरिएको थियो । दाङका पश्चिमी पहाडि क्षेत्र बबई गाउँ पालिकामा क्षेति हुन सक्ने अनुमान गरिएको छ ।

उता जाजरकोटमा पनि पाँच जनाको मृत्यु भएको सांसद  मायाप्रसाद शर्माले जनाएका छन् । अहिले त्यहाँ सशस्त्र प्रहरी र जनपथ प्रहरीकाे टाेली उद्दार कार्यमा खटाइएको छ ।