मध्यरातमा भुकम्पकाेे प्रभाव

मध्यरातमा भुकम्पकाेे प्रभाव

दाङ/ शुक्रबार राति ११: ४७ बजे जाजरकोटकाे पैंक र रामिडाँडा केन्द्र बिन्दु भएर भुकम्प गएको छ ।

अन्तर्राष्ट्रिय भुकम्प मापनकेन्द्रका अनुसार पहिलाे धक्का ५.७ रेक्टर र लगत्तै दाेस्राे धक्का ६.४ रेक्टर स्केलकाे भुकम्प गएको जनाएको छ । साे भुकम्पकाे असर काठमाडौं पुर्व र सुदुर पश्चिम प्रदेशका जिल्लाहरुमा परेको देखिएकाे राष्ट्रिय भुकम्प मापन केन्द्रका प्रमुख लाेकविजय अधिकारीले बताएका छन् ।

उक्त भुकम्पकाे असर नेपाल, चीन र भारतसम्म फैलिएको प्रारम्भिक रिपोर्टमा जनाइएको छ ।

जाजरकोटबाट राष्ट्रियसभामा निर्वाचित सांसद मायाप्रसाद शर्माका अनुसार उक्त भुकम्पले जाजरकोट खलंगाकाे थाप्ले, पिपलडाडा, रावतगाउमा धेरै क्षेति भएको जनाएका छन् । अहिलेसम्म मानवीय क्षेति के कति भयो भन्ने खबर अाइसकेकाे छैन ।