नगरकोट र कुपण्डोलमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको ६ दिने केन्द्रीय स्कूलिङ कार्यक्रम एकसाथ सम्पन्न (फोटोफिचर)

नगरकोट र कुपण्डोलमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको ६ दिने केन्द्रीय स्कूलिङ कार्यक्रम एकसाथ सम्पन्न (फोटोफिचर)

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टीको एकता महाधिवेशनलाई लक्षित गरी केन्द्रीय स्कूलिङ कार्यक्रम सञ्चालन गरिरहेको छ । पहिलो चरणमा कात्तिक १२ देखि १७ गतेसम्म नगरकोट र कुपण्डोलमा सञ्चालित ६ दिने स्कूलिङ कार्यक्रमको शुक्रबार सम्पन्न गरिएको छ ।

पहिलो चरणमा एकसाथ प्रदेश नं ३ को भौगोलिक क्षेत्रमा कार्यरत पार्टीका आयोजक समिति सदस्यहरुका लागि नगरकोटमा र गैर–भौगोलिक क्षेत्र, जवस–मोर्चा तथा विभाग र प्रवास “ख”मा कार्यरत आयोजक समिति सदस्यहरु र गैर–भौगोलिक क्षेत्र, जवस–मोर्चा तथा विभाग र प्रवास “ख”मा कार्यरत आयोजक समिति सदस्यहरुका लागि पार्टी कार्यालय कुपण्डोलमा सञ्चालित स्कूलिङ कार्यक्रम सम्पन्न गरिएको हो ।

पार्टी अध्यक्ष मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा कुपण्डोलमा र पार्टी कार्यालय सदस्य सुदर्शनको प्रमुख आतिथ्यतामा नगरकोटमा स्कूलिङ कार्यक्रमको सम्पन्न भएको छ । कुपण्डोलको कार्यक्रमको अध्यक्षता बसन्तले गर्नुभएको थियो भने सञ्चालन शार्दुलले गर्नुभएको थियो । कार्यक्रमलाई प्रमुख अतिथि अध्यक्ष किरण र पार्टीको कार्यालय सदस्य तथा स्कूल विभागका प्रमुख समेत राजवीरले सम्बोधन गुर्नभएको थियो । कार्यक्रममा पार्टीका नेताहरु तथा प्रशिक्षकहरु गौरव, प्रतीक, एसटी, प्रभाकिरण, सागर, गुराँस, गम्भिर लगायतका नेताहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथि तथा प्रशिक्षकहरुले स्कूलिङमा सहभागी पार्टीका कार्यालय सदस्य, सचिवालय सदस्य, आयोजक समितिका सदस्य र सल्लाहकार समितिका सदस्यहरुलाई प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो । समापन कार्यक्रममा प्रशिक्षार्थीहरु अन्जना, खलिल र शालिकराम भण्डारीले अनुभूति मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरी नगरकोटमा पार्टीको कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज सुदर्शनको अध्यक्षता तथा प्रमुख आतिथ्यतामा स्कूलिङ कार्यक्रम समापन गरिएको छ । पार्टीका आयोजक समितिका सदस्य आमोदको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टी अध्यक्ष मोहन वैद्य किरणले जुममार्फत् सम्बोधन गर्नुभएको थियो भने पार्टी कार्यालय सदस्य प्रितम र अटलले मन्तव्य राख्नुभएको थियो । प्रशिक्षार्थीको तर्फबाट उपप्रदेश ‘क’बाट प्रकाश, ‘ख’बाट जीवन, उपप्रदेश ‘ग’ बाट गोविन्द, र जनस्वयम्सेवकबाट आकाशले अनुभूति मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा प्रशिक्षकहरुले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

कुपण्डोलको स्कुलिङमा दर्शन– शार्दुल, अर्थशास्त्र–बसन्त, संगठन–राजवीर, राज्य बलप्रयोग–दिपक, नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास–राजवीर, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास– गौरव, संशोधनवाद– प्रतीक, वैज्ञानिक समाजवाद– गुराँस, माक्र्सवादी सौन्दर्यशास्त्र– निखिलेश, वर्ग, जाति, लिङ्ग– प्रभाकिरण, साँस्कृतिक क्रान्ति– राजवीरले प्रशिक्षण दिनु भएको थियो भने नगरकोटको स्कूलिङमा विज्ञान प्रविधि– प्रवीर, माक्र्सवादी सौन्दर्यशास्त्र– निखिलेश, दर्शन– सुदर्शन, राजनीतिक अर्थशास्त्र–एसटी, संगठन– अटल, वर्गीय, जातीय, लिङ्गिय– एसटी, नेपाल कम्युनिस्ट आन्दोलनको इतिहास– आमोद, राज्य र बलप्रयोग– दिपक, वैज्ञानिक समाजवाद– प्रितम, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन– प्रितम, सांस्कृतिक क्रान्ति–प्रितमले प्रशिक्षण दिनु भएको थियो ।
यसैबीच, कात्तिक १९ देखि २४ गतेसम्म तीनओटा टिमका बीचमा स्कूलिङ कार्यक्रम गर्ने समय तालिका बनाइएको छ । प्रदेश नं १ र प्रदेश नं २ मा कार्यरत आयोजक समितिका सदस्यहरु, प्रदेश नं ४ र प्रदेश नं ५ मा कार्यरत आयोजक समितिका सदस्यहरु र प्रदेश ६, प्रदेश ७ र प्रवास “क” मा कार्यरत आयोजक समितिका सदस्यहरुको छुट्टा छुट्टै टिमलाई फरक फरक स्थानमा एकैसाथ स्कुलिङ कार्यक्रम सञ्चालन गरिने सम्बद्ध स्रोतले जनाएको छ ।