काठमाडौं । नेपालको सार्वभौमसत्तामाथि भारतीय विस्तावादी शासक नरेन्द्र मोदीले नाङगो नाच नाचेका छन् । नेपाल सरकारलाई कुनै जानकारीविना नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै कालापानी क्षेत्रको भ्रमण गरेका छन् ।
कैलाश पर्वतको र पूजापाठ दूरदर्शन निहु बनाएर उनले नेपाली अतिक्रमित भूमि गुञ्जीमा स्थानीय र कालापानीमा रहेका भारतीय सेनासँग छलफल गरेका छन् । नेपाली अतिक्रमित भूमि कुटी, नावी, गुञ्जी गाउँ र भारतीय रोङकाङ, नपलच्यू, गर्ब्याङ गाउँका स्थानीयबासीसँग उनले छलफल गरेका छन् ।
नरेन्द्र मोदीको यो भ्रमणलाई नेपाली भूमिमाथिको नाङ्गो हस्तक्षेप र विस्तारवादी नाच भएको भन्दै तीव्र विरोध गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले प्रेस वक्तव्य प्रकाशित गरेको छ ।
प्रेस–वक्तव्यमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कूटनीतिक मूल्य र मान्यता विपरीत नेपालको लिपुलेक, कालापानी, नाभी, गुन्जी क्षेत्रको भ्रमण गरेको र तिर्थाटनको बहाना बनाई एउटा देशको प्रधानमन्त्रीले अर्को देशको भूभागमा बिना जानकारी, बिना अनुमति भ्रमण गर्नु कूटनीतिक मान्यताको उल्लंघन मात्र होइन, यो हैकमवादी प्रवृत्तिको अभिव्यक्ति पनि हो भनिएको छ । वक्तव्यमा हाम्रो पार्टी भारतीय शासक वर्गको यस प्रकारको हैकमवादी नीतिको तीब्र विरोध गर्दछ भन्दै भारत सरकारले वर्षौंदेखि सैन्य अखडा बनाइराखेको नेपालको भूभाग कालापानी क्षेत्रबाट तुरुन्तै आफ्ना सेना फिर्ता गरोस् भत्रे जोडदार माग गर्दछ भनिएको छ । साथै, कालापानी क्षेत्रबाट भारतीय सैन्य अखडा हटाउन र भारतद्वारा अतिक्रमित भूमि फिर्ता गराउनका लागि नेपाल सरकारले अविलम्ब पहल गरोस् भन्ने माग गर्दछ भनिएको छ । वक्तव्यको पूर्ण पाठ तल दिइएकाृेछ :