काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले राष्ट्रियता, जनजतन्त्र र जनजीविकासँग सम्बन्धित मागहरुलाई लिएर प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाएको छ । पार्टी जिल्ला इन्चार्ज सरुको नेतृत्वमा जिल्ला संयोजक रोज लगायत जिल्ला नेताहरु सुन्दर, दया, दिनेश, मदनको उपस्थितिमा बुझाएको ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र पार्टी जिल्ला संयोजक रोजनले बाचन गरी प्रस्तुत गर्नुभएको थियो ।
इन्चार्ज सरुले पार्टीका नीति तथा कार्यक्रमका बारेमा संक्षिप्त्त धारणा राख्दै आफ्ना मागहरु अबिलम्ब पुरा गर्न जोड दिनु भएको थियो भने जनताका तत्काल जल्दाबल्दा समस्याहरुको शिघ्रातिशीघ्र हल गर्न संयोजक रोजनले आग्रह गर्नुभएको थियो ।
त्यसैगरी जिल्ला प्रशासन अधिकारी रोशनी कुमारी श्रेष्ठले ज्ञापनपत्र बुझ्दै उक्त ज्ञापनपत्र मन्त्री परिषदको कार्यलय प्राधानमन्त्री कार्यलय पठाइदिने र स्थानीय निकायमा गर्नु पर्ने शान्ति सुरक्षा कालाबजारी, दैनिक उपभोग्य वस्तुहरुको कृतिम अभाव हुन नदिने लगायतका विषयमा नियमित बजार अनुगमन र कडाइका साथ नियमन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
यस्तो छ ज्ञापन पत्रको पूर्णपाठ
विषय : जिल्ला प्राशासन कार्यलय मार्फत् सरकारलाई ज्ञापन पत्र ।
सर्वहारा वर्ग, शोषित-उत्पीडित नेपाली जनताको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पुर्व दुई पार्टी नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) एकता भइ बनेको सर्वबिदितै छ । हाम्रो माहान लक्ष्य उद्देश्य जनगणतन्त्र हुँदै बैज्ञानिक समाजवाद र साम्यवाद हो । यसै उद्देश्य प्राप्तिको निम्ति तात्कालिक राजनीतिक कार्यनीतिको रुपमा संकट ग्रस्त बन्दै गएको वर्तमान दलाल तथा नोकरशाही एवं सामन्तवादी अवशेष रहेको दलाल पुजीवादी संसदीय व्यवस्थाको अन्त्य र त्यसको विकल्पमा अग्रगामी रुपान्तरणका लागी राष्ट्रिय राजनीतिक सम्मेलन, क्रान्तिकारी संयुक्त मोर्चा, अस्थायी संयुक्त सरकार र जनसंविधान निर्माणको निम्ति देशभक्त, बामपंथी क्रान्तिकारी शक्तिहरु लाई आह्वान गर्दै एमसिसि लगाएत रास्ट्रघाती सन्धि सम्झौताहरु खारेजि, महङ्गी, कालाबजारी, तसकरी, मिटरब्याजी, बैंक बित्तीय सुदखोर, एनसिएलकाण्ड, सुनकाण्ड, ओम्निकाण्ड, ह्वाइटवडिकाण्ड, निर्मलाकाण्ड, भुटानी सरणार्थिकाण्ड, बालुवाटार ललितानिवासकाण्ड, लगाएत नागरिकता विधेयक, शिक्षा विधेयक जस्ता बैधानिक लुट् र भ्रष्टाचारको अन्त्य र कार्वाहीको माग गर्दछौं । साथै सडक आन्दोलनमा उत्रिएका डाक्टर, इन्जिनियर, शिक्षक, कर्मचारीहरुको न्यायोचित मागहरुलाई साथ सहयोग र समर्थन गर्दै जनताका जल्दाबल्दा समस्याहरुको समाधानको निम्ति हाम्रो पार्टी जनतासङ्ग एकाकार हुँदै सडक संघर्ष गर्दै आइरहेको छ । विशेषत नजिकिदै गरेको दशै तिहार जस्ता जनताले मान्ने गरेको चार्ड्पर्वको नाममा सर्वसाधरण जनतामाथि हुनेगरेको लुटपाटस् खाद्यान्नमा कृतिम अभाव सृजना गर्ने, महङ्गी, कालाबजारी, चोरि, डकैती, गर्ने र चार्ड पर्व उत्सव र दुख पिडाको नाममा मदिरा पान, जुवा तास, लागू औषध दुर्व्यासनि जस्ता कार्यहरू चोक चोकमा दिनडाहाडै भइ रहेको हुँदा नियन्त्रण गरि दोसिमाथी ससक्तरूपमा कार्वाही गरियोस भनी हाम्रो पार्टी जोडदार माग गर्दछ ।
हाम्रो मागहरु
१– एमसिसी लगाएत रास्ट्रघाती असमान र अपमान जनक सन्धिसम्झौतहरु खारेज गर ।
२– राष्ट्रिय स्वाधीनताको रक्षा गर ।
३– भ्रष्टाचारिलाइ कारबाही गरि भ्रस्टाचार गरि थुपारेका अकुत कालाधनहरु राष्ट्रिय करण गर ।
४– जनप्रतिनिधिहरु लगाएत सार्वजनिक पदधारण गरेका व्यक्तिहरुको सम्पत्ति बिवरण सार्वजनिक गर ।
५– स्वदेशमै उद्योग धन्दा कलकारखानाको स्थापना गरि विदेश पालन युवा श्रमशक्तिको व्यवस्थापन गर ।
६– बन्द गरिएको उद्योग कलकारखानाहरु सन्चालन गर ।
७– स्वास्थ्य शिक्षाको जीकरण व्यापारी कारणको अन्त्य गर ।
८– वैदेशिक शिक्षा निति खारेज गर ।
९– जनताको नैसर्गिक हकअधिकारको सुरक्षित ग्यारेन्टी गर ।
१०–समाजमा मौलाएको नितिगत भ्रष्टाचारको अन्त्य गर ।
११– शान्ति सुरक्षाको ग्यारेन्टी गर ।
१२– धूम्रपान मध्य्पान जन्य लागु पदार्थको निषेध गर ।
१३– जुवा, तास, लागू औषध दुर्व्यासनी नियन्त्रण गर ।
१४– देहव्यापार शारीरिक श्रमशोषणको अन्त्य गर ।
१५– श्रमिकहरुलाइ क्षमता अनुसारको काम र आवस्यकता अनुसारको
दामको व्यवस्था गर ।
१६– कम्तीमा राज्यले तोकेको न्युनतम श्रमिक ज्यालाको ग्यारेन्टी गर ।
१७– किसानको उपज राज्य द्वारा खरिदबिक्रीको व्यवस्था गर ।
१८– लम्पि स्किन रोग लगाएत विभिन्न माहामारी रोगको कारण बाट पशुपन्छि व्यबसायी किसानहरुलाइ पर्नगएको क्षेतिमा राज्य द्वारा तुरुन्त उचित राहतको व्यवस्था गर ।
१९– जनमारा मिटरव्यजी, बैंक बित्तीय सुदखोरहरुलाइ कार्वाही गर ।
२०– जनताले मान्ने चार्डपर्वको मौकाछोपी कालावजरी, महङ्गी, कृतिम अभाव सृजना गर्ने, खाद्यान्नमा कुखाद्य पदार्थ मिसाउने अपराधीहरुलाइ तुरुन्त कारभाइ गर ।
२१– अत्याचाक्ली मुल्य वृद्धि नियन्त्रण गर ।
अन्त्यमा हामीले उठाएका रास्ट्र र जनताका मुद्दाहरूलाइ सरकारले ठिक ढङ्गबाट शीघ्रातिघ्र सम्बोधन गरियोस् । अन्यथा देशभक्त, क्रान्तिकारी शक्तिहरु र व्यापक जनसहभागितामा जनसंघर्ष जनप्रतिरोध संघर्ष सन्चालन गर्न बाध्यहुने चेतावनी दिन चाहन्छौ ।
अभिवादन सहित
क. बिश्वास
जिल्ला संयोजक