कृति समीक्षा :
***
प्रगतिवादी स्रस्टा मोदनाथ मरहट्टाको”जेल डायरी”अर्थयुक्त आवरणमा चिटिक्क परेको संस्मरण कृति हो । लेखकको भाषामा यो यौटा संस्मरणहरूको बिटो हो । यस बिटोमा २५ वटा शीर्षकलाई मिलाएर कसिलोसँग बाँधिएकोछ ।
गोरखाको हर्मी स्थित कृषक परिवारमा २०१२ सालमा जन्मिनु भएका मरहट्टाले कृषिसँगै शिक्षण पेशालाई जीविकाको आधार बनाएर राजनीति र लेखनलाई पनि सँगै अगाडि बढाउँदै आएको कुरा यसै भित्रका विभिन्न प्रसङ्गहरूले स्पष्ट पारेका छन् ।
“पाइलाहरू शिखरतिर उकासिँदै(कवितासङ्ग्रह), “उज्यालो जन्मनु अघि” (खण्डकाव्य),
“लेख्ने विषयको खोजि” (निबन्धसङ्ग्रह) हुँदै यस “जेल डायरी”(संस्मरणसङ्ग्रह)सम्म आइपुग्दा विधागत रूपमा उहाँले चार विधालाई सुचीकृत गरिसक्नु भएको छ । यद्यपी उहासँग सम्पादक, स्तम्भकार, साँस्कृतिकर्मी र राजनीतिकर्मीको परिचय अभिन्नसँग जोडिएको र सबै भूमिकामा आफूलाई क्रियाशील बनाउदै आउनु भएको हामी पाउँदछौँ ।
भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको यो जेल डायरीका शीर्षकहरूले पाठकलाई गोरखाको विभिन्न भाग, पञ्चायतकालको पछिलो दशक, जनयुद्धका घटना परिघटनाहरू, हुँदै चितवन र काठमाडौको परिवेशसम्म चाखपूर्ण रूपमा विचरण गराउँछ । जसमा गाउँका फटाहाहरूदेखि प्रहरी, सेना र सिङ्गो सत्ता माओवादी विरुद्ध कसरी लागेको थियो र पनि सङ्घर्षले कसरी उचाईको यात्रामा अघि बढ्यो भन्ने विषयलाई गाउँघरका चलनचल्तीमा रहेका शब्दहरू मार्फत सरल ढंगले बताइएको छ ।
यस कृतिको शीर्षकले मुख्य विषय जेलभित्र कै ताडना/यातनाका अनुभूतिहरूको सङ्ग्रह होला भन्ने लाग्छ तर पढ्दै जाँदा यसले जेल बाहिरका अनुभूति र यथार्थहरूलाई अझ बढी स्थान र महत्वको विषय बनाएको पाउन सकिन्छ ।
विशेष गरेर यातनाका कुराहरू उही अभियोगमा एउटै कारागारमा सँगै परेका दाजु नरनाथ मरहट्टाको साझा अनुभूतिलाई भूमिकाको रूपमा राखिएको जसमा आस्थाका बन्दीहरूलाई दिने यातनाका प्रकृतिबारे र सेना र पुलिसका फरक फरक प्रवृतिहरूलाई एकाकार गरिएकोले पनि हुनसक्छ भित्र यातनाका कुराहरू प्राथमिकतामा परेको त्यति भेटिँदैन ।
पुलिस प्रशासनबाट उपस्थित हुन पठाएको चिठीले डोहोर्याउँदै जेलसम्म पुर्याएको प्रसङ्ग र आफूले मार्मिक ढंगले लेखिदिएको चिठीका कारण घर परिवारको मतलब नगरी परदेशिएकालाई पनि घर फर्काउन सफल भएका हृदयस्पर्शी घटनाहरूलाई “जेल पुर्याउने चिठी” शीर्षक दिएर एक नम्बरमा राखिएको छ । दोस्रोमा पहिलो पटक जेल प्रवेश गर्दाका अनुभूति छ । जसमा दुलहीलाई झैँ डर, अन्यौल र उत्सुकता लागेको बताउनु भएकोछ । यहाँ नेर यौटा पुरुषले महिलाका मनोदशालाई सही ढंगले पक्रिन सकेको भान पाठकलाई हुन्छ ।
बन्दी जीवनलाई कतै कर्तव्य बोधले पिरोल्छ त कतै जिम्मेवारीले । रोपाइँ गर्ने समयमा आफू थुनिएर बस्नु परेको छ । परिवारको दु:ख एकातिर छ । अर्कातिर छोराछोरीदेखि साथीभाइ र नेतासम्मलाई राज्यले हत्या गर्ने र बेपत्ता पार्ने गरेका समाचारहरूले बिक्षिप्त बनाएको छ । यस्तो अवस्थामा जेलभित्र खान ठिक पारेको असार पन्ध्रको दहि चिउराले पनि गिज्याएको आभास हुन्छ लेखकलाई र पनि सबै घटनाक्रमहरूलाई
विवसताका साथ ग्रहण गर्नु पर्दाका पीडा ठाउँ ठाउँमा भेटिन्छन् ।
लेखक अगाडि बढ्दै जाँदा साहित्यकारहरूले किन लेख्ने ? कस्तो लेख्ने भन्ने जस्ता विषयमा पनि घोरिन पुग्दछन् । लेख्नको लागि अध्ययन र सम्पर्कको सीमालाई फराकिलो बनाउनुपर्ने उहाँको निचोड ममनयोग्य छ ।
जेलभित्र लेखिएका कतिपय संस्मरणहरू दैनिकी टाइपका छन् । यौटै शीर्षकमा मिति थपिँदै गएको पनि पाइन्छ भने जेल बाहिर आएपछि लेखिएका संस्मरणहरूमा युद्धकालका सहयात्री, सहयात्रीका परिवारिक अवस्था र त्यो सङ्कटाग्रस्त अवस्थामा पनि बिचारप्रति कटिबद्ध भएर गरेका योगदानहरूले स्थान पाएको छ । जसले यस संस्मरणको ओजलाई अझ बढाएको पनि छ ।
कृतिभित्र सुरेश वाग्ले, काशीनाथ लामिछाने, श्रीनाथ अधिकारी, खुशीराम पाख्रिन, भिमसेन पोख्रेल, शिव श्रेष्ठ, शारदा श्रेष्ठ, राजेन्द्र ढकाल, मीना मरहट्टा, कौशिला गुरुङ, विमला पोख्रेल, मातृका धिताल अन्जान विरही, आशाकाजी श्रेष्ठ, रिता बञ्जारा लगायत गोरखाका थुप्रै क्रान्तिकारी रत्नहरू जसले यो देशमा आमूल परिवर्तनको परिकल्पना बोकेर ज्यानको माया नगरी घर घर पुगे र त्यसैका निम्ति सहिद भए । उनीहरूसँगको सहकार्यलाई सम्मानपूर्वक स्मरण गरिएको छ । जुन त्यो गौरवमय इतिहासलाई संरक्षण गर्ने महत्वपूर्ण काम हो । त्यो काम यस कृतिले गरेको छ ।
समाज रुपान्तरणमा अठोट र उर्जा थप्ने कृष्णसेन इच्छुक, केवलपुरे किसान र पाख्रिनका गीत तथा कविताहरू पनि प्रसङ्गवस राखिएको छ यसले पनि भिन्न स्वाद थपेको छ पुस्तकमा ।
किसान आन्दोलन, विद्यार्थी आन्दोलन, शिक्षक आन्दोलन, साँस्कृतिक आदि आन्दोलनहरू र जनयुद्धसँग एकाकार हुँदै अघि बढेका लेखक यिनै आन्दोलनहरूलाई जनयुद्धको जरा मान्दछन् र त्यही जरामा मलजल र गोडमेल गर्दै लहराएको जनयुद्धको परिणाममा न त लेखक सन्तुष्ट छन् न आम नागरिक । मिति नराखिएका पछिल्ला संस्मरणहरूले तिनै असन्तुष्टिहरूको छनक दिएको पाइन्छ ।

अन्तमा, म पनि गोरखाको र यसमा प्राय: गोरखाली योद्धाहरूसँग सम्बन्धित घटनाहरू भएकोले पनि हुनसक्छ मैले खुब जाँगरका साथ यो पुस्तक पढेँ । यस कृतिभित्र सामान्य बाहेक खासै कमजोरी भेटिँदैनन् । कतै कतै दोहोरिएका वाक्यहरू छन् ,सानासाना अशुद्धिहरू भेटिन्छन् । पेज ९९ मा भने सच्याउनै पर्ने त्रुटि छ, गोरखा जेलब्रेकको मिति २०५७ हुनुपर्नेमा ४७ भएको छ । समग्रमा कृति सुन्दर छ । लेखकको यो संस्मरण मात्रै होइन यौटा क्षेत्रको सिङ्गो कालखण्डको इतिहास हो यो । इतिहासको दस्तावेज हो । यो महत्त्वपूर्ण दस्तावेजको लागि लेखकलाई धेरै धन्यवादका साथै हार्दिक बधाई दिन चाहन्छु ।
२०८०/६/२७