राष्ट्रघाती एमसीसी सबै नेपाली जनता मिलेर खारेज गर्नुपर्छ : धर्मेन्द्र बास्तोला

राष्ट्रघाती एमसीसी सबै नेपाली जनता मिलेर खारेज गर्नुपर्छ : धर्मेन्द्र बास्तोला

 

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलाले विद्यामान संविधान खारेज गर्नुपर्ने बताउनु भएको छ। सोमबार राजधानीमा एमसीसी खारेजीकाे विषयमा नेकपा (विप्लव)ले राष्ट्रिय नाचघरमा आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा बोल्दै २०७२ को संविधान समाजवाद उन्मुख नरहेको जिकिर गर्दै खारेज गर्नु पर्ने धारणा राख्नुभयो । यो संविधान जनमुखी र जनताको प्रतिनिधिले बनाएको संविधान नभएको उहाँको जिकिर थियो ।

‘सर्वप्रथम विद्यामान संविधान खारेज गर्नुपर्छ । यो संविधान समाजवाद उन्मुख र जनपक्षीय छैन । यो नेपाली जनप्रतिनिधिले बनाएको संविधान पनि होइन’, उहाँले भन्नुभयो, ‘अमेरिकी साम्राज्यवाद र युरोपीयन युनियनहरूका एजेन्टहरूले बनाएको संविधान भएकाले यसलाई खारेज गर्नुपर्छ ।’

कार्यक्रममा उहाँले राष्ट्रघाती एमसीसी सबै नेपाली जनता मिलेर खारेज गर्नुपर्ने धारणा राख्नुभएको थियो । दलका नेताहरूले बाहिर एमसीसीको विरोध गरेपनि संसद्का टेबुल ठटाएर अनुमोदन गरेको उहाँले विगत कोट्याउनु भयो ।

माओवादीले जनयुद्ध नलडेको भए आज कुनै पनि कम्युनिस्ट पार्टीहरू कम्युनिस्ट भएर बस्न नसक्ने उहाँको भनाइ थियो ।