काठमाडौं । एमसीसीको खारेजी, भ्रष्टाचारीमाथि कारबाही र महंगी नियन्त्रणको माग गर्दै भित्तेलेखनमा संलग्न पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एक प्रेस विज्ञप्ति जारी गरी घोर निन्दा र भत्र्सना गरेको छ ।
राष्ट्रहित र जनसरोकारका मागलाई लिएर शान्तिपूर्ण तरिकाले भित्तेलेखनमा संलग्न कमरेडहरुलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राख्नु साम्राज्यवादको दलाल सरकारको नालायकी र फासीवादी कदमको अभिव्यक्ति भएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “ हाम्रो पार्टी यसको घोर निन्दा तथा तीव्र भत्र्सना गर्दछ र गिरफ्तार हुनुभएका कमरेडहरुलाई अविलम्ब रिहाइ गर्न सरकारसँग माग गर्दछ । साथै, सरकारको राष्ट्रघाती तथा जनघाती कदमका विरुद्ध सडकमा उत्रिन हाम्रो पार्टी आम देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी पार्टी, समूह तथा व्यक्तित्वहरुलाई हार्दिक अपील गर्दछ ।”
पार्टीका महाधिवेशन आयोजक समिति सदस्य ढोग प्रसाद उपाध्याय, प्रदेश समिति सदस्यद्वय अशल मोक्तान र प्रदीप अस्तानीलाई काभ्रे जिल्लाको बनेपाबाट गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको छ ।
यस्तो छ वक्तव्यको पूर्णपाठ :
“आज काभ्रे जिल्लाको बनेपामा हाम्रो पार्टीको केन्द्रीय नीति तथा योजना अनुसार एमसीसीको खारेजी, भ्रष्टाचारीमाथि कारबाही र महङ्गी नियन्त्रणको माग गर्दै भित्तेलेखनमा संलग्न हाम्रो पार्टीका नेता तथा कार्यकर्तालाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले गिरफ्तार गरी प्रहरी हिरासतमा राखेको छ । गिरफ्तार हुनुहुनेहरुमा हाम्रो पार्टीका महाधिवेशन आयोजक समिति सदस्य कमरेड ढोग प्रसाद उपाध्याय, प्रदेश समिति सदस्य द्वय कमरेड अशल मोक्तान र कमरेड प्रदीप अस्तानी हुनुहुन्छ । राष्ट्रहित र जनसरोकारका मागलाई लिएर शान्तिपूर्ण तरिकाले भित्तेलेखनमा संलग्न कमरेडहरुलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राख्नु यो साम्राज्यवादको दलाल सरकारको नालायकी र फासीवादी कदमको अभिव्यक्ति हो । हाम्रो पार्टी यसको घोर निन्दा तथा तीव्र भत्र्सना गर्दछ र गिरफ्तार हुनुभएका कमरेडहरुलाई अविलम्ब रिहाइ गर्न सरकारसँग माग गर्दछ । साथै, सरकारको राष्ट्रघाती तथा जनघाती कदमका विरुद्ध सडकमा उत्रिन हाम्रो पार्टी आम देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी पार्टी, समूह तथा व्यक्तित्वहरुलाई हार्दिक अपील गर्दछ ।”