उदयपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल उदयपुर जिल्ला अन्र्तगत कटारी नगरपालिकाको एकता अधिवेशन प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । अधिवेशनले संयोजक सन्त बहादुर सुनुवारको संयोजकत्वमा १५ सदस्यीय नगर समिति गठन गरेको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सचिवालय सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज मोहनसिङ्ग तामाङ, बिशेश अतिथी केन्द्रिय आयोजक समिती सदस्य तथा उदयपुर जिल्ला संयोजक जटिल अतिथीहरुमा केन्द्रिय आयोजक समिति सदस्य तथा एक न. प्रदेश स्कुलिङ्ग बिभग प्रमुख अमर परियर, प्रदेश समिति सदस्य तथा कटारी नगर इन्चार्ज रमेश कटुवाल, जिल्ला समिती सदस्य कृष्ण र चन्द्र बराल रहेका थिए । कार्यक्रमका प्रमुख अतिथिले पार्टी केन्द्रको योजना र प्रदेश समिति साथै जिल्ला पार्टीको योजना तर्जुमा सहितको भाव सम्प्रेषण गरेका थिए । यसैगरी विशेष अतिथि जिल्ला संयोजक जटिलले जिल्ला पार्टीको आगामी कार्य योजनाको प्रशिक्षणमूलक मन्तव्य व्यक्त गरेका थिए, भने अन्य अतिथिहरुले नगर समितिका सदस्य सबै साथीहरूलाई एकाकार भएर दलाल पुंजिवादको विरुद्धमा लड्न प्रेरित गरेका थिए ।
नगर संयोजक सन्त बहादुर सुनुवारको अध्यक्षतामा कार्यक्रमको सञ्चालन प्रदेश सनिती सदस्य भिम सुर्खेतीले गरेका थिए । उक्त कार्यक्रममा कटारी नगरका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थित रहेको थियो ।