आयल निगम र व्यापारीको मिलेमतोमा हुने अवैध धन्दाको विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको प्रदर्शन

आयल निगम र व्यापारीको मिलेमतोमा हुने अवैध धन्दाको विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको प्रदर्शन

पोखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्किले नेपाल आयल निगम गगनगौंडा क्षेत्रीय डिपो कार्यालय पोखराका प्रमुख चितरञ्जन दास, कर्मचारीहरु र पेट्रोलियम पदार्थ बेच्ने व्यापारी बिचको मिलेमहत्वमा हुने अवैध धन्दाको विरुद्ध बिरोध प्रदर्शन गरेको छ । ट्यांकरहरुमा तोकिएको मात्रा भन्दा बढि पेट्रोलियम पदार्थ पठाउने र व्यापारीसँग सिधै पैसा असुल्ने गिरोहलाई हदै सम्मको कार्बाहीको माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्किले बिरोध प्रदर्शन हाे ।
उक्त कार्यक्रमको सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य कमला परियारले निगमका कार्यालय प्रमुख, केही कर्मचारी र व्यापारीको मिलेमहत्वमा यस धन्दामा संलग्न व्यापारीहरुले खरिद गर्ने मूल्यभन्दा केही कम रकममा सम्झौंता गर्ने र त्यो रकम कार्यालय प्रमुख र कर्मचारीहरु अनि व्यापारीहरु मिलेर बाँडफाँड गरेर लिने गरेको बताए । सोही क्रार्यक्रममा सम्बोधन गर्दै क्रान्तिकारी युवासंगठन नेपालका चार न. प्रदेश संयोजक लोकेन्द्र राईले राज्यको सम्पत्तिमाथिको यो ब्रह्मलुटमा संलग्न निगमका कार्यालय प्रमुख, कर्मचारी र व्यापारीलाई हदैंसम्मको कारवाही गर्नुपर्ने, कालोबजारी गर्ने गिरोहमा संलग्नहरुलाई प्रहरी प्रशासनले बचाउने काम गरेमा, दोषीहरुलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले जनकारबाही गर्ने समेत चेतावनी दिएका थिए । उक्त कार्यक्रमको संचालन क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रिय सदस्य सुर्य परियारले गरेका थिए ।