सिम्लेको भिडन्तमा जीप मुनी लुक्दा…

सिम्लेको भिडन्तमा जीप मुनी लुक्दा…

साताको साहित्य : संस्मरण 

सशस्त्र बिद्रोह सुरुहुनु पूर्व नेकपा माओवादीद्वारा सरकारलाई पेश गरेको चालिस सुत्रिय माग तत्कालिन सरकारले वेवास्ता गरेपछि २०५२ फागुन १ गते बाट माओवादीले सशस्त्र विद्रोह सुरु गरेको थियो । २०४८ सालको संसदिय र स्थानिय निर्बाचनमा समेत रोल्पा जिल्लामा सयुक्त जनमोर्चाको बहुमत आएपछि कप्युनिष्ट बिचार राख्नेहरुलाई सखाप राख्ने योजना सरकारले बनायो । ततकालिन गृहमन्त्री खुम बहादुर खडकाले आफ्नो अनुकुलमा काम गर्ने अब्दुल रहिस खालाई रोल्पाको प्रजिअ मा सरुवा गराए । ०५१ मङसिर १ गते रोल्पा इरिवाङ–१ चम्का गाउँको मेलामा नाचगान गरिरहेका मानिसहरुमाथी प्रहरीले गोली चलाउदा राङसिं कै नन्द किशोर सिहंको पाखुरामा गोली लाग्यो । मेला तनावग्रस्त भयो । त्यसपछि प्रहरीले पुन गोली चलाउदा राङसिहंका लोक बहादुर घर्ती र इतिवाङका मन बहादुर पुनको घटनास्थलमै मृत्यु भयो ।

त्यसपछि २०५२ असोज २२ गते गाम गाविसको तमाखे डाँडामा लागेको असोजे मेलामा पार्टीहरु बिच झगडा भयो । त्यहिक्रममा मेला हेर्न गएका तीनसय उनानचालीसलाई पक्राउ गरी लिवाङ पु¥यायो । त्यहा १६५ जनालाई सोधपुछ पछि छाडियो भने, १७२ जनालाई प्रजिअ खा ले यातनादिन लगाए । सुरुमा रोमियो अप्रेशनको नामबाट प्रहरीले गाम, ऊवा, जेलवाङ, मिरुल, तेवाङ, सेरम, भावाङ, राङसी, सिर्फ आदी गाविसमा प्रहरीले आतकं मचााउन थाल्यो ।

गाउँमा आतकं बढदै गएपछि द्वन्द्वको क्रम बढदै गयो । २०५८ आषाढ २९ मा बिद्रोही माओवादीले रोल्पाको दक्षिणी सिमामा रहेको होल्लेरी चौकीमा आक्रमण गरी ६९ जना प्रहरीलाई अपहरणगरी चौकीमा भएका सबै हातहतियार कब्जामा लिएपछि युद्ध चर्कदै गयो । होल्लेरी आक्रमण भएपछि तत्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाले राजीनामा दिए । त्यस पछि शेर बहादुर देउवा प्रधानमन्त्री भए । सरकारले बिद्रोहीलाई वार्तामा बोलायो । वार्ता असफल भएपछि माओवादीले दाङको घोराहीमा रहेको शाही नेपाली सेनाको ब्यारेकमा २०५८ मङसिर ८ गते आक्रमण गरेपछि सरकारले देशभर संकटकाल घोषणगरी सेना परिचालन गर्न पुग्यो ।

सशस्त्र द्वन्द्व सरकारले समायोजनमा एवं ब्यबस्थापन गर्न नसके पछि मुलुक भरको वातावरण असज भयो । सबै किसिमका संञ्चार माध्ययमबाट मानिसहरु मारिएका, अपहरण भएका, बलत्कार गरिएका बिस्थापित हुन पुगेका, घरजग्गा कब्जा गरिएका जस्ता समाचार आउन थाले । बिशेष गरी राप्ती बाटनै जनबिद्रोह स्वरुप भएकोले माओवादी का भूमिगत कार्यक्रम सुरुमा यही क्षेत्रमा हुने गर्दथिए । सञ्चारकर्मीहरुलाई त्यस बखत यती अपठरो हुन्थो की, माओवादीको कार्यक्रममा नगए उनिहरु रिसाउने, गएको थाहापाए र समाचार त्यस्तै किसिमको आए सेना, प्रहरी र प्रशासनको धम्की आउने । तर पनि हामी दङाली सञ्चारकर्मीहरुले त्यसको सामाना गर्दै आफ्नो धर्म निबारण गर्दै आएका थियौ ।

जब सरकारले माओवादी नेताहरुको टाउकाको मुल्य तोकेपछि नेपालका सञ्चारकर्मी मात्र नभएर विश्वभरीकै सञ्चारकर्मीहरुको दृष्टिकोण नेपालमा पर्न थाल्यो । पटक–पटक भारतिय सञ्चारकर्मी नेपालमा आउन थाले । कोही काठमाण्डौ बाटनै फर्किन्थे भने कोही राप्तीका जिल्लामा समेत आउने र समाचार सकंलन गर्ने काम गर्दथिए । कतै घटना घटने बित्तिकै सामुहिक रुपमा हामी दाङका सञ्चारकर्मी पुग्ने गर्दथियौ । स्थलगत अध्ययनको लागी दाङ जिल्लामा मात्र सिमित नभएर हामीहरु राप्तीका पुरै जिल्लामा पुग्ने गरिन्थो । ठूला घटना घटने बित्तिकै बाके, वर्दिया र कपिलवस्तु जिल्लामा समेत हामी सञ्चारकर्मीहरु पुग्ने गर्दथियौ ।

२०५९ मा राजा ज्ञानेन्द्र ले संसद भंगगरी सत्ता आफ्नो हातमा लिएपछि बिदेशि पत्रकारको नेपाल आउने क्रम बढन थाल्यो । २०६१ मा बिद्रोही माओवादीले अनिस्चितकालिन बन्दको आब्हान गरे । महिनादिन मुलुकभर यातायातका साधन चलेनन् । त्यसैगरी नेपालको जनयुद्वको बारेमा अध्ययन गर्न फ्रान्सबाट एक जना ब्मकष्भल वबगmिभक नाम गरेका एकजना पत्रकार काठमाण्डौ आएर माओवादीको जनयुद्वको बारेमा अध्ययन गर्न खोजेछन । उनि फ्रान्सबाट प्रकाशित हुने ीभ् क्ष्न्ब्च्इ पत्रिका र फ्रान्स बाटनै बि.बि.सी. लाई समाचार दिने पत्रकार रहेछन । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय काठमाण्डौमा पुगेका उनले माओवादीका नेताहरु बस्ने स्थानको खोजी गरेछन । महासंघले उनलाई राप्ती अन्चलमा जान पर्ने र दाङमा सागर पण्डित र मेरो नाम र फोन नंम्वर दिएर हवाइ जहाजको टिकटको ब्यवस्था मिलाइ दिएछन । केहि दिन पछि नचिनेको बिदेशिले स्याटलाइट फोन बाट मलाई फोन गरे । यस्तै फोन सागर पण्डितलाई पनि आएछ । उनि तुलसीपुर एरपोर्टमा आएर फोन गरेको बताएपछि हामी दुबै उतै लाग्यौ । उनि र हाम्रो भेट भयो । उनले आफ्नो उद्देश्य बताए पछि हामीले जानेका र थाहा पाएका सबै कुरा सुनायौ । उनले हाम्रो कुरा सुनेपछि रोल्पा, रुकुम र सल्यान जाने तिब्र इच्छा गरे ।

हामी सल्यान तर्फ लाग्यौ । त्यहाँ माओवादीका नेताहरुसंग भेट भयो, उनले आफ्नो जिज्ञासा मेटाए । त्यसपछि हामी काठमाण्डौ जान दाङ आयौ । जिपमा जाने निधो भयो । मैले नै उनलाई काठमाण्डौ पु¥याउनु पर्ने भयो । तर गाडी चालकले समाचार सुनेका कारण जान डराए । किनकी सडकभरी बम राखेर अरोध गरेको उनले थाहा पाएका रहेछन् । मैले उनलाई संझाए । उनि मेरो कुराबाट जान तयार भए । हाम्रो यात्रा सुरु भयो । अर्जुनखोलाको बेस क्याम्पमा पुगेका थियौ ! त्यहा सेनाले हामीलाई रोक्यो । मैले भने हामी प्रेसका मानिस हौ ।

काठमाण्डौ जान लागेको सेनाले भन्यो ! तपाईहरु नेपालगन्ज भएर हवाई जहाजबाट मात्र जान सक्नु हुन्छ । यो बाटोमा ठाउ–ठाउमा बाटो अबरुद्व छ । मैले भने मेरो रिक्समा म यहिबाटो जान्छु । उ बिदेशि पत्रकार हो । उसलाई यो बाटो हेर्न मन छ । एकैछिनको कुराकानी पछि हाम्रो गाडी भालुवाङतर्फ लाग्यो । भालुवाङको शसस्त्र प्रहरीले पनि हाम्रो गाडी रोकी अगाडी नजानुस ठाउ ठाउमा माओवादीहरुले सडकमा बम राखेको कुरा सुनाए । मैले त्यहा पनि कुरा आफ्ना कुरा राखे । जबहामी धानखोलामा पुग्यौ ! सडक किनारमा रहेको शिव मन्दिर नजिक बम राखि सडक अबरुद्व गरेका रहेछन ।

गाडी देखेपछि हाम्रो गाडी तर्फ केहि युवाहरु आइपुगे । मैले बुझे ती सबै माओवादीका कार्यकर्ता रहेछन । ती युवाहरु मध्य एक–दुई जनाले मलाई चिनेका पनि रहेछन । मैले उनिहरुलाई सबै कुरा बताए । बिदेशि पत्रकार जनयुद्वका बारेमा अध्ययन गर्न आएको र उसलाई काठमाण्डौ सम्म पु¥याइदिन म काठमाण्डौ जान लागेको भनेपछि उनिहरुले बाटो खोलिदिए । बाटो मात्र खोलेनन् कि उनिहरुले मलाई एउटा पत्र दिदै भने अगाडी पनि सडक अवरुद्व छ त्यहा साथीहरुलाई यो पत्र देखाउनु भयो भने सजिलो होला ।

धन्यवाद दिदै हामी अगाडी बढ्याै । शिवपुरको जंगलमा पनि दुई स्थानमा सडक अवरुद्व रहेछ । तर त्यहा जंगलबाट जान सकिने स्थान पायौ । हामी त्यही बाटो लाग्यौ । जब हामी गोरुसिङे पुगेका थियौ । हाम्रो गाडीलाई सेनाले आफ्नो क्याम्प भित्र लग्यो । ठूलै सुरक्षाको बिचमा बसेका कर्नेलले मलाइ सोधे यस्तो बन्दको बेला बिदेशिलाई लिएर कहाजान लाग्नु भएको ? मैले भने उ फ्रान्सको पत्रकार हो । उसलाई मैले दाङमा घुम्नकोलागी बोलाएको थिए । उसलाई अहिले काठमाण्डौ सम्म पु¥याउन लागेको । कर्नेलले भने सडकमा बम बिछाइएको छ, तपाईहरु यतै बस्नुहोस । कर्नेलका कुराले फ्रान्सका पत्रकार साथी रिसाएर उनले आफ्नो कुरा राख्न लागे । त्यहि मौको छोपी म शौचालय गएर धानखोलामा माओवादीले दिएको चिठीलाई शौचालयको प्यानमा राखेर पानी हालीदिए । पछि मेरो मन हलुका भयो । त्यतिबेला सेनाले मेरो शरीर खानतलास गरेको भए मेरो स्थिती के हुन्थो होला ? लामो छलफलपछि हामी क्याम्पबाट निस्कियौ । सडकमा कुनै सवारी साधन गुडेका थिएनन् । कयौ स्थानमा अवरुद्व गरिएको सडकलाई पार गर्दै बेलुका हामी बुटवल के पुगेका थियौ । बुटवल अस्पताल चोकमा ठूलै मानिसको भिडले हामीलाई सोध्न थाले । सडकको अबस्था कस्तो छ ? सबै मानिसले जिज्ञासा राख्न थाले ।

तपाईहरु कसरी आउनु भयो ? उहाहरुको जिज्ञासा मैले सबै मेटाइ दिए । साझ कफ्र्युको समय भएकोले हाम्रो बास त्यस दिन बुटवलमा नै भयो । भोली पल्ट बिहान हाम्रो यात्रा सुरु भयो । दाउन्नेको उकालो ओरालोको सडकमा केही भेटिएन । तर चोरमाराको पुलमा ढुङगा थुपारेर बम राखिएको रहेछ । मैले त्यहाँ पनि माओवादीका कार्यकर्ता भेटगरी बम हटाउन लगाए । जब हामी नारायणगढ पुगेका थियौ । बुटवलमा जस्तै सयौ मानिसको भिडले हामीलाई सोध्न थाले । सडकको अबस्था कस्तो छ ? सबै कुरा बताएपछि हाम्रो यात्रा मुगलिङतर्फ सुरु भयो । मुगलिङ, कुरिनटार, मलेखु, गजुरी आदी भू–भागमा सडक कहीँ पनि अवरुद्व थिएन । जब हामी सिम्ले भन्ने स्थानमा पुग्यौ । त्यहा सेना र माओमादीको भिडन्त भएको रहेछ । सिम्ले बजारको पूर्वीभागको डाँडामा सेनाको क्याम्प थियो भने सिम्ले बजारको माथी डाँडामा माध्यमिक विद्यालयमा बाट माओवादीहरुले फायरिङ गरेका रहेछन । विद्यालयको नजिक सडकमा पुग्नासाथ दोहोरो भिडन्त भएको आवाज आयो ।

जिप चालक र म एकदम डरायौ । हामी दुबै जिपमुनी लम्पसार भएर सुत्यौ । तर फ्रान्सको पत्रकार साथी भिडिओ क्यामरा लिदै भिडन्त भएको ठाउमा निस्किएको धुवा र आवाज अनि त्यहा देखिएको भागदौधको क्यामारामा कैद गर्दै छ । पटट….दोहोरा गोली चली रहेको थियो । कयौ पटक मैले उसलाई बोलाए तर मानेन । बारम्वार बोलाउदा साथी नआएपछि मैले सोचे कस्तो साहसी पत्रकार ! देश फरक भएपनि एउटै पेशामा लागेका हामी दुई बिच कत्रो भिन्नता । बन्दुक र बमको आवाज आई रहेको थियो । जिपमुनी सुत्दै मैले सोच्न थाले अव मेरो जीवन यतिनै हो । यहा मरियो भने घरमा खवर कस्ले पु¥याउला ? जिप चालक थर थर काम्न थाल्यो । मैले उसलाई भने तिमी नडराउ, यस्तो भिडन्तमा म धेरै ठाउमा पुगेको छु । करिव एक घण्टा पछि बन्दुक को आवाज रोकियो । त्यसपछि हामी अगाडी लाग्यौ । नजिकै सडक किनारमा रहेको सेनाको चेकपोष्ट ले हामीलाई फेरी रोक्यो । मैले सबै कुरा बताए पछि हामी बाटो लाग्यौ । यसरी बन्दुक र बमको सडकको यात्रामा हामी काठमाण्डौ पुग्यौ ।

दश बर्षसम्म गरिएको युद्वकालिन पत्रकारिता मध्य त्यो क्षण सम्झीदा अझै पनि मलाई डर लाग्छ । बिदेशि पत्रकार हामी बिचको भिन्नता कति हुदो रहेछ । त्यो पनि अचम्म लाग्छ । हामी के पत्रकार ! त्यस्तो पो पत्रकार……. ।
२०७३ चैत्र २७ गते दाङ