उदयपुरमा सत्तारुढ नेपाली कांग्रेस परित्याग गरि क्रान्तिकारी कम्युनिस्ट पार्टीमा ध्रुवीकृत

उदयपुरमा सत्तारुढ नेपाली कांग्रेस परित्याग गरि क्रान्तिकारी कम्युनिस्ट पार्टीमा ध्रुवीकृत

 

 

उदयपुर । उदयपुरमा सत्तारुढ नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी आधा दर्जन स्थानीय कार्यकर्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा ध्रुवीकृत भएका छन् । ध्रुवीकृत हुनेहरुमा सीता रोका, ललिता चौधरी, मन्जु चौधरी, समादेबी चौधरी, रमेश चौधरी, सिता चौधरी, सरोज चौधरी रहेका छन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज मोहनसिंह तामाङले उहाँहरुलाई अवीर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । सो अवसरमा पार्टीका केन्द्रीय सदस्य तथा एक न. प्रदेस स्कुलिङ बिभागका प्रमुख अमर, केन्द्रीय सदस्य तथा एक न. प्रदेश महिला प्रमुख अम्विका रेग्मीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।


उक्त ध्रुवीकृत कार्यक्रमको अध्यक्षता केन्द्रिय आयोजक समिति सदस्य तथा उदयपुर जिल्ला संयोजक जटिलले गर्नुभएको थियो भने सञ्चालन अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा जिल्ला पार्टी कार्यलय सचिव निशान कटुवालले गर्नुभएको थियो।