सकम्बरीकाे जबाफ

सकम्बरीकाे जबाफ

साताको कविता

हिड्छौ ठाँट्टिएर
बोल्छौ च्याँठ्ठिएर
यो शरीर किन्ने पैसा
यो डुल्दै हिड्ने पैसा
भन कस्ले कमायो ?
ए ट्यापे दाइ !
भन कस्ले कमायो ?

चढ्छौ बुलेट बाइक
खेल्छौ सँधै फाइट
पड्काउँछौ जिब्रो
इज्जत छैन कि तिम्रो ?
यो म मा च चि भाषा
यो बलात्कारको नशा
तिम्लाई कस्ले सिकायो
ए ट्यापे दाइ !
भन कस्ले सिकायो ?

काम सिन्को भाँच्नु छैन
तर सँधै मस्ती चैन
खेल्छौ हाम्रा दु:खमाथि
गुण्डा छन तिम्रा साथी
उल्टै हाम्लाई सोध्ने हिम्मत
तिम्लाई के ले पलायो
ए ट्यापे दाई
भन क्यारी पलायो ?

राती हामीसँगै आउने
घरमा‌ ढाँट्न नि भ्याउने
हामी वेश्या तिमी‌ सज्जन
अझ उल्टै तिम्रो गर्जन
तिम्लाई कल्ले सिकायो ?
ए ट्यापे दाइ !
भन कल्ले सिकायो ?

हामी लाखौं सकम्बरी
सोच्ने गर्छौं घरी घरी
तिमी सोच्छौ हामी लवस्तरी
हामी सोच्छौ तिमी कठैवरी
यो आइमाई किन्ने चलन
यो समाजको जलन
भन कल्ले चलायो
ए भाले दाइ
भन कल्ले चलायो ?