मूर्ति शासन

मूर्ति शासन

साताको कविता 

आउनोस् केहीवेर मूर्तिका कुरा गरौं
नयाँ विरोधी चित्रका कुरा गरौं

थाहा छ ? मूर्तिहरूमा साहस हुँदैन
किनभने मूर्तिहरूमा प्राण हुँदैन
कालिगढ निर्मिति वा
विज्ञान विराेधी उत्पीडक मालिक निर्मिति !

के कति खाए चढाइए गणना छैन
के खाए र कति खाए गणना छैन
बोधा मष्तिष्कहरू के कति भुटिए
विभेद के कति हुर्किए पत्तो छैन
थारातन्त्र कारक जीवनहीन !
केवल स्वार्थ पर्खाल मृत्युआस्था !
समय बर्वादीका गणना छैन ।

हुस्सु स्वार्थ खण्डहर धर्ती हिस्सा
स्वार्थी लिखा बोसो !
केवल भर्याङ,साँघु,फड्के !
कसैका पेशा धान्न पुजिरहेछ त्यो
भाषण, आश्वासन बोल्दैनन् र पनि मानिस पुज्छ
बगैंचा होइन र पनि आस्था सम्झन्छ मानिस
भोक, रोग, अभाव, दु:ख नमेटे पनि
विज्ञान होइन र पनि पत्याउँछ मानिस
न ती आत्मनिर्भर उज्यालो सूचक !
न ती स्टेफेनका तारा सिद्धान्त !
न ती हकिन्स, मार्क्स नीति नियति !
न ती आइस्टाइन कङ्ग्रेस नियति !
दुईमुठी सास, भोटो, जाउलो दास !
शदियौं ढाँटछल चलिरहेछ ।

रगतपसिनाका बन्छन् सिंहदरवार
द्रोहीहरू जन्माउँछन्
निषेधका आहार रोप्छन् हुर्काउँछन्
जाक्छन्, सडाउँछन् उन्नत चेत
मानौं, मूर्ति एउटा कानुन तिनका !
हीरा फलायो सोध्नू मूर्ति भन्छन्
इतिहास कसले रच्यो सोध्नू मूर्ति भन्छन्
धर्ती कसको सोध्नू, ईश्वर भन्छन्
नेता, नीति, नियति सोध्नू, ईश्वर भन्छन्
भोक, रोग, पीडाु, सुख ठेक्का उसकै
आँधी, हुरी, कम्प, पहिरो, बहिरो उसकै
अहो मध्ययुग निरन्तरता !
अहो हुस्सु मानिस !
त्यही हो इन्द्रेणीबाधक !
अहो बिज्ञान हत्यारा मूर्ति शासन …!
…………
परशुराम कोइराला
पोखरा