काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ वटा पार्टी निकट किसान संगठनहरुले संयुक्त रुपमा विरोध प्रदशृन गरेका छन् । उनीहरुले लघुवित्त, मीटरब्याजी, रासायनिक मलखादको समस्या समाधान गर्नु पर्ने माग राखेर काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
यस्तै उनीहरुले कृषिमा वैदेशिक लगानी हुन नहुने, भूमि बैंक खारेज गर्नु पर्ने लगायतका माग राखेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघ, नेकपा (मसाल) निकट अखिल नेपाल किसान महासंघ (अप्फा), नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान यूनियन र नेकपा (माले) निकट अखिल नेपाल प्रगतिशील किसान संघसहित ६ वटा कम्युनिस्ट पार्टी निकट किसान संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् ।