नेकपा (क्रान्तिकारी माओवादी निकट नेपाल दलित मुक्ति मोर्चासहीत सात दलित सङ्गठनले जातीय विभेदविरुद्धको दिवस मनाए

नेकपा (क्रान्तिकारी माओवादी निकट नेपाल दलित मुक्ति मोर्चासहीत सात दलित सङ्गठनले जातीय विभेदविरुद्धको दिवस मनाए

७ चैत्र काठमाडौँ ।
जातीय विभेदविरुद्धको दिवस २१ मार्चका सन्दर्भमा विभिन्न राजनीतिक पार्टीहरूसँग आबद्ध दलित समुदायसँग सम्बन्धित सङ्गठनहरूले अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवस मनाएका छन् । नेकपा (क्रान्तिकारी माओवादी निकट नेपाल दलित मुक्ति मोचासहीत सात दलित सङ्गठनले अन्तरक्रिया कार्यक्रम गरेर जातीय विभेदविरुद्धको दिवस मनाए ।
नेकपा (क्रान्तिकारी माओवादी निकट नेपाल दलित मुक्ति मोर्चा, नेकपा ( बहुमत) निकट राष्ट्रिय दलित मुक्तिमोर्चा,नेकपा(विप्लव) दलित मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निकट दलित मोर्चा, नेकपा(संयुक्त) निकट नेपाल राष्ट्रिय दलित केन्द्र र श्रमिक जनता पार्टी निकट संयुक्त दलित अधिकार मञ्च नेपाल र नेकपा(माओवादी समाजवाद िनिकट नेपाल दलित मुक्ति मोर्चा गरी सातवटा दलित संगठनहरुको आयोजनामा सो कार्यक्रम गरिएको थियो ।
अन्तरक्रियाको अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी) निकट नेपाल दलित मुक्ति मोर्चाका संयोजक अम्मर परियारले गरेका थिए । कार्यक्रमको सञ्चालन नेकपा ( बहुमत) निकट दलित सङ्गठन राष्ट्रिय दलित मुक्तिमोर्चा नेपालका संयोजक दर्शनकुमार नेपालीले गरेका थिए ।
उक्त कार्यक्रममा नेकपा ( क्रान्तिकारी) माओवादी¬)का स्थायी समिति सदस्य रामसिंह श्रीस,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल, नेकपा (बहुमत) का केन्द्रीय सचिवालय सदस्य शरद रसाइली, नेकपा(विप्लव) बाट बन्दु चन्द, नेकपा(संयुक्त) निकट नेपाल राष्ट्रिय दलित केन्दकी उपाध्यक्ष लक्ष्मी शाहा लगायतले जातीय विभेदका विषयमा धारणा राख्दै वर्गसङ्घर्षसँगसँगै जात व्यवस्थाको अन्त्य हुने बताएका थिए ।
२१ औँ शताब्दीमा पनि हाम्रो समाजमा दलितमाथिको जातीय विभेद र अपमानको स्थितिमा उल्लेख्य सुधार छैन, अवस्था झन्डै उस्तै छ । त्यसैले यति बेला दलित अधिकारका बारेमा थप छलफल गर्नु सान्दर्भिक पनि छ । उहाँहरुको जोड थियो ।
यसअघि नेकपा ( क्रान्तिकारी) माओवादी¬) निकट नेपाल दलित मुक्ति मोचासहित सात दलित सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवस भव्य रूप रूपमा मनाउन आह्वान गरेका थिए । विज्ञप्ति जारी गर्नेहरूमा अमर परियार– संयोजक, नेपाल दलित मुक्ति मोर्चा, पदम विश्वकर्मा– प्रतिनिधि, श्रमिक समुदाय मोर्चा, नेपाल, राजकुमार हिङमाङ– संयोजक, जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल, दर्शन कुमार नेपाली–संयोजक, राष्ट्रिय दलित मुक्ति मोर्चा नेपाल, उपेन्द्र छटुन्जेल– अध्यक्ष, नेपाल राष्ट्रिय दलित केन्द्र, दुर्गा बराइली– अध्यक्ष, संयुक्त दलित अधिकार मञ्च, नेपाल र जनक विक–संयोजक, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा रहेका छन् ।