नवलपरासी –  नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासी अन्तरगत सुनवल नगर समितिको बुधवार सुनवल–८ सिरानटोलमा भएको भेलाले रवि पुनको नेतृत्वमा नयाँ समिति निर्वाचित गरेको छ ।
उक्त ११ सदस्सीय पालिका कमिटीको सेक्रेटरीमा रवि पुन र सदस्यहरुमा चन्द्रमान मानन्धर, ऋषिराम विश्वकर्मा, बिजय कुमार चापागाई, बाबुराम विश्वकर्मा, गुरुचरण विश्वकर्मालगायत रहनुभएको छ ।

 


कार्यक्रममा प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीका कार्यबहाक सेक्रेटरी समरले क्रान्तिकारीहरुबीचको एकता र धुब्रीकरणमा जोड दिनुभयो । प्रदेश सदस्य समेत रहनुभएको उहाँले क्रान्तिकारी आन्दोलनका लागि जनएकता आवश्यक रहेको उल्लेख गर्दै संगठनलाई चुस्तदुरुस्त बनाउन पार्टी लागि परेको बताउनुभयो ।
कार्यक्रममा क्रान्तिकारी माओवादी जिल्ला सचिवालय सदस्य न्युक्लियस, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का जिल्ला संयोजक सुर्य प्रसाद सापकोटा , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय परिषद सदस्य तथा प्रदेश कोषाध्यक्ष ज्ञान बहादुर के.सी, अशोक चित्रकारलगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले संसदीय ब्यवस्थाले जनतालाई निकै सास्ती दिएको भन्दै त्यसको बिकल्पका लागि तयार हुदै एकता र धुब्रीकरणमा जोड दिएका थिए ।
कार्यक्रममा नेवाः मोर्चाका जिल्ला संयोजक चन्द्रमान मानन्धरको स्वागत रहेको थियो ।
नगर भेलाले क्रान्तिकारी माओवादीको जिल्ला भेलालाई सफल बनाउनका लागि बिभिन्न जनवर्गीय संगठन तथा शुभेच्छुकहरुलाई सक्रिय बनाउने निर्णय लिएको सेक्रेटरी पुनले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार