तीन क्रान्तिकारी विद्यार्थी संगठनले संयुक्त रुपमा सार्वजनिक गरे चुनावी घोषणा पत्र

तीन क्रान्तिकारी विद्यार्थी संगठनले संयुक्त रुपमा सार्वजनिक गरे चुनावी घोषणा पत्र

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी), नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) र नेकपा (मशाल) निकट अखिल छैठौंले संयुक्त रुपमा आसन्न स्ववियु निर्वाचनलाई लक्षित गर्दै चुनावी घोषणा पत्र सार्वजनिक गरेका छा् ।


‘एमसीसीका मतियार विद्यार्थी संगठनहरुलाई गतिलो चोट, अखिल क्रान्तिकारी संयुक्त र अखिल छैठौंलाई स्ववियु निर्वाचनमा भोट’ भन्ने मूल नाराका साथ स्ववियु निर्वाचनमा होमिएका तीन विद्यार्थी संगठनहरुले चुनावी सहकार्य गरेका छन् ।
चुनावी घोषणा पत्र सार्वजनिकीकरण कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल, उपाध्यक्ष शिलु न्यौपाने, महासचिव पेशल दाहाल, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष मिलन राई र नेकपा (मशाल) निकट अखिल (छैठौं)का संयोजक दिपक पौडेलले संयुक्त रुपमा घोषणा पत्र सार्वजनिक गरेका थिए ।


घोषणा पत्रमा विद्यार्थी आन्दोलनमा देखिएका समस्याहरु, संसदवादी विद्यार्थी संगठनहरुले स्ववियुलाई विकृत बनाएको, प्रतिपक्षीय चरित्रलाई धुलिसात बनाएको र सत्ताको दलाली गर्ने संस्थाको रुपमा बद्नाम गरेको भन्दै स्ववियुलाई विश्वविद्यालयमा हुने शैक्षिक विकृति विसंगतीका साथै प्रतिक्रियावादी राज्यव्यवस्थाका विरुद्ध लड्ने संघर्षको मोर्चा बनाउनु पर्ने विषयहरु समेटिएका छन् ।


स्ववियुलाई प्रतिपक्षीय संघर्षको मोर्चा बनाउने र निरन्तर विकृति विसंगतीका विरुद्ध आवाज उठाइरहने पनि तीनवटै विद्यार्थी नेताहरुले प्रतिबद्धता जनाएका छन् । स्ववियु चुनाव हारजितको विषय मात्र नभएको भन्दै दलाल संसदवादी पार्टीका विद्यार्थी संगठनका विरुद्ध संघर्षको उद्घोष समेत उनीहरुले गरेका छन् । शैक्षिक क्षेत्रको बढ्दो निजीकरण, व्यापारीकरण, माफियाकरणका विरुद्ध निरन्तर रुपमा आवाज उठाउने र आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउनु पर्ने आवश्यकतामाथि समेत उनीहरुले जोड दिएका छन् ।