फाल्गुन २३, २०७९
काठमाडौँ — सन् २००९ मा आजकै दिन ९मार्च ७० मा ब्राजिली फुटबल खेलाडी नेयमरले व्यावसायिक खेल जीवन सुरु गरेका थिए । उनले १७ वर्षको उमेरमा नै ब्राजिली क्लब सान्तोस एफसीबाट व्यावसायिक खेल जीवन सुरु गरेका हुन् ।![]()
नेयमरले पहिलो खेलमा सान्तोस एफसीका लागि अन्तिम ३० मिनेट खेलेका थिए । ओएस्टेविरुद्धको उक्त खेल सान्तोसले २–१ ले जितेको थियो ।
सान्तोसका लागि नेयमरले २३० व्यावसायिक खेल खेल्दै १३८ गोल गरेका थिए । त्यसपछि उनी २०१३ देखि स्पेनी क्लब बार्सिलोनाबाट खेल्न थालेका हुन् । बार्सिलोनाका लागि उनले १०५ खेल्दै १८६ गोल गरेका थिए । अगस्ट २०१७ यता भने उनले पीएसजीबाट खेल्न थालेका हुन् । पीएसजीका लागि नेयमरले १७३ खेल खेल्दै ११८ गोल गरिसकेका छन् ।
ब्राजिलको राष्ट्रिय टिमका लागि भने उनले हालसम्म १२४ खेलमा ७७ गोल गरेका छन् । सन् १९९२ को फेब्रुअरी ५ मा जन्मिएका नेयमरको पूरा नाम नेयमर डा. सिल्भा सान्तोस जुनियर हो ।





























